चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर दुवैतर्फको सवारी आवागमन सुचारू भएको हो ।
सडक डिभिजनले उक्त सडकखण्डमा लगातार पहिरो खसिरहेकाले यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

