५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 11:15 pm
समाचार

प्युठानको माडी खोला किनारमा ५ जनाको शव फेला

सूचना प्रेस २०८३ श्रावण २८ बिहिबार ००:००, १२:४२ बजे १ मिनेट पढाइ

प्युठान । प्युठानको माडी खोलामा पाँचजनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित खोलाको किनारमा पाँच वटा शव भेटिएको हो । ती शव हिजो राती रोल्पाको पहिरोमा वेपत्ताहरुलाई खोलाले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ ।

शवको तस्वीर पहिचानका लागि प्युठान प्रहरीले रोल्पा प्रहरीलाई पठाएको छ । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा ११ जना पुरिएकोमा अहिलेसम्म ३ जनाको शव फेला परिसकेको छ ।