३१ श्रावण २०८३, आइतबार 1786867420
Banner

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

गएराति करिब १० : २५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।

५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।