३१ श्रावण २०८३, आइतबार 1786884540
Banner

म न गँजडी, न मसँग १९० तोला सुन, किन एयरपोर्टमा मेटल डिटेक्टर लाउँछ के तमाशा हो ? : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विमानस्थलमा गरिएको जाँचप्रति आपत्ति जनाएका छन् । हिजो इलाम पुगेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्वोधन गर्ने क्रममा अपराधि जसरी आफूलाई जेकजाँच गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘के छाम्या हो ? मेटल डिटेक्टर लाउँछ- ट्याक ट्याक ट्याक ट्याक । फेरि एउटा ढोकाबाट छिराउँछ– त्यहाँ पनि ट्याक ट्याक ट्याक ट्याक । उधुमै गर्यो ! एक ठाउँ जाँचेपछि त पुग्नु पर्ने, फेरि अर्को ठाउँ जाँच्छ । भद्रपुर आउँछु, त्यहाँ पनि जाँच्छ, फेरि मेटल यसो यसो गर्छ, यसो यसो गर्छ ।

तमासा !, उनले थपे, ‘पल्टाई पल्टाइकन छाम्छ, के भेटिन्छ भनेर हो । यसो‘ यसो‘ गरेर छाम्छ सबै । के छाम्या हो यिनले मेरो शरीरमा ? हिजो पनि भएको थियो भद्रपुरमा । आजै पो हो क्यारे । काठमाडौँमा छाम्छ, यता छाम्छ, उ त्यहाँ परै छाम्छ । त्यहाँबाट अलि भित्र आए त्यहाँ छाम्छ, अलि भित्र आए त्यहाँ छाम्छ,’ ।