१ भदौ २०८३, सोमबार 1786990891
समाचार

आफ्नो घर अगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी भएको गगन थापाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घर अगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी भएको खुलासा गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घटना सम्झिँदै गाडी तेर्स्याउने व्यक्ति प्रहरी भएको पाइएको बताएका हुन् । उनले भने, ‘मेरो परिवारका सदस्यहरु गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो ।’