काठमाडौं । भोटेकोशीमा आएको बाढी र पहिरोमा परी नेपाली सेनाका ४४ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
परराष्ट्रमन्त्री शिशीर खनालले बुधबार प्रतिनिधि सभाको बैठकमा दिएको जानकारीअनुसार टिमुरे र स्याफ्रुबेसीमा कार्यरत नेपाली सेनाका ४४ जना सुरक्षाकर्मी बाढीपहिरोपछि सम्पर्कविहीन भएका हुन् ।

त्यस्तै, नेपाल प्रहरीका २६ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको मन्त्री खनालले जानकारी दिए । यससँगै भोटेकोशी बाढीमा परी तीनै सुरक्षा निकायका गरी ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ ।

