काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्ड सञ्चालनमा आएको छ ।

सडक खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ ।

