१९ भदौ २०८३, शुक्रबार 1788535354
Banner

त्रिशूली ३ ‘ए’ को सुरुङमा एकजनाको शव भेटियो

काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।

उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सुरुङमा एक शव फेला परेको जानकारी दिए । ती व्यक्तिको पहिचान भने हुन बाँकी छ ।

यसअघि आज बिहान यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । अहिले उद्धार कार्य जारी नै छ ।