काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ।
आज बसेको निर्वाचन समितिको बैठकले असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेको हो।
गाउँ–नगरपालिका अधिवेशन २०८३ असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशनरप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १० गते तोकिएको छ ।
केन्द्रीय महाधिवेशन भने यसअघि नै तय गरिएको असोज १६ देखि १९ गते नै कायम राखिएको छ । जिल्ला र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने सूचनामा उल्लेख छ।

