३० भदौ २०८३, मंगलबार 1789470420
समाचार

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजको २३ ढोका खोलियो

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार मंगलबार बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ । नदीमा जलसतह खतराको बिन्दु नाघिसकेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ ।

पानीको बहाव लगातार बढेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तटीय क्षेत्रमा बाढीको जोखिम बढ्नसक्ने भएकाले नदी किनारका बस्तीहरूलाई सुरक्षित रहन प्रहरी तथा स्थानीय प्रशासनले सचेत गराएको छ ।