काठमाडौं । काठमाडौंबाट एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो ।
उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

