१० श्रावण २०८३, आइतबार 1785102543
समाचार

क्याफेमा आगलागीबाट क्षति

जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हँुदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।