५ आश्विन २०८३, सोमबार 1790002661
राजनीति

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेटको समय

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेट समय पाउने भएका छन् । बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । साथै उनले बैठकमा पालना गर्नुपर्ने निमका बारेमा समेत जानकारी गराए ।

निर्धारित समयमा बोल्न नभ्याएका विषयहरु लिखित रूपमा दिन सकिने भन्दै अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ । अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिए ।

उनले मङ्गलवारबाट बैठक स्थलमा मोबाइल नल्याउन र कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने बैठकका अनुशासनका नियमहरूबारे जानकारी दिए । साथै नेताहरूले बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने समेत अध्यक्ष ओलीले जानकारी गराएका छन् । स्वस्थ सभ्य र सङ्गठनात्मक विधिबाट छलफलमा सहभागी हुन निर्देशन दिँदै ओलीले एमाले बैठकको काँधमा धेरै प्रकारका अभिभारा रहेको तथा जनतामा परेको भ्रम चिरेर जानुपर्ने बताए ।