५ आश्विन २०८३, सोमबार 1790023130
Banner

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

काठमाडौं : असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी लगायत केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बेलुकी विशेष मौसमी बुलेटिन जारी गर्दै यी दुई प्रदेशका केही भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्यभू–भाग आसपासमा रहेको र उक्त प्रणाली झन शक्तिशाली बन्दै पश्चितम उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ।

जसको प्रभावको बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ। सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिलो तथा गेग्रानको जोखिम रहेकोले शहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ। यस्तै वर्षाका कारण खोला तथा नदीहरुमा पानीको सतह बढ्न सक्नै भन्दै पूर्व–सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।