काठमाडौँ : सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति प्रदान गरेको थियो ।
मन्त्रालयका तर्फबाट संसद्मा लगिएको विधेयक दर्ता भएको हाे ।
विधेयकमा सरकारले ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेकालाई अनिवार्य अवकाश दिने गरी विधेयकको मयौदा तयार गरेर अगाडि बढाएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्तावित छ ।

