२९ आश्विन २०८३, बिहिबार 4:46 pm
Banner

दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौँ : चालु आर्थिक वर्षको दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। विभिन्न मुलुकमा काम गर्न गएका श्रमिकहरूले साउन र भदौ महिनामा यति रेमिट्यान्स भित्रिएको हो। 

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना (दुई महिनामा)मा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो।