काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन्।
प्रहरीले श्रेष्ठलाई शनिबार बिहान ललितपुरको बागडोल, नख्खुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। कलाकार पन्तले आफ्नो सम्पत्तिसम्बन्धी विषयमा श्रेष्ठ सम्बद्ध ‘जनआस्था अनलाइन’मा समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका थिए।
उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ।
साइबर ब्यूरोस्रोतका अनुसार पन्त र श्रेष्ठबीच ब्यूरोमा करिब तीन घण्टा छलफल भएको थियो। छलफलपछि दुवै पक्षबीच मिलापत्र कागज गरिएसँगै श्रेष्ठलाई घर जान अनुमति दिइएको हो।

