२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:44 am
समाचार

वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

सूचना प्रेस २०८३ कार्तिक २६ बिहिबार ००:००, १०:३२ बजे १ मिनेट पढाइ

वीरगन्ज । वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा कैदी सुनिल साह तुराहा फरार भएका हुन् । करिब ११ वर्षदेखि जेलमा रहेका तुराहा फोहोर फाल्न जाने क्रममा कारागारको पर्खाल नाघेर भागेको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

फरार कैदी पर्साको पोखरिया नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदी फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । डीएसपी मल्लका अनुसार जिल्लाका सबै नाका तथा शंकास्पद स्थानमा खोजतलास तीव्र पारिएको छ ।