१६ असार २०८३, मंगलबार 1782860999
Banner

एमालेले ‘अवैध’ भनेको एकीकृत समाजवादीलाई संयुक्त बैठकमा नबोलाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तीन दलका शीर्ष नेताको आजको बैठकमा प्रधानमन्त्री देउवाले एमालेसँगको बैठकमा एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रतिबद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि जानकारी दिनुभयो

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरसांसदलाई राखेर संसद् बैठक चलाउँदा र अवैध रूपमा जन्माइएका ‘पार्टी’को उपस्थिति रहने कुनै पनि कार्यक्रममा नेकपा एमाले सहभागी नहुने दोहोर्‍याउनुभएको थियो ।

बैठकमा एमालेले गौरमा नरसंहारकारी अभिव्यक्ति दिने र २४ लाख खोप गायब बनाउने मन्त्रीमाथि कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ  ।

एमालेले एमसीसीमा स्पष्ट हुन सत्तापक्षलाई सुझाव दिएको छ ।