२३ असार २०८३, मंगलबार 1783411270
Banner

जापानका पुर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ।

यसअघि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी राष्ट्रिय शोक मनाउने जनाएको थियो। शनिबार राष्ट्रिय स्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन।