२६ भदौ २०८३, शुक्रबार 1789116439
Banner

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै, पाँचवटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ।

प्रदेशसभाको दशौं अधिवेशनको २५ औ बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो। बैठकमा पाँचवटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, स्थानीय तहको सेवा (गठन तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी अध्यादेश र प्रदेश युवा परिषद्सम्बन्धी अध्यादेश पेस हुने जनाइएको छ ।
जेठ १६ गतेको प्रदेशसभा बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको थियो।