८ मंसिर २०८१, शनिबार 1732419636
Banner

जनार्दन शर्माको बयान– सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।

बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो । समितिले अहिले शर्मासँग बयान लिइरहेको छ । समितिको बैठकमा उपस्थित शर्माले भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताएका छन् ।

‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने सम्भावना नै छैन,’ उनले भने, ‘सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।’