१३ श्रावण २०८३, बुधबार 1785374139
Banner

भक्तपुरमा रूख ढलेर तीन जनाको ज्यान लिएपछि सडक नजिकका रूखहरु काटिँदै

भक्तपुर– भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ ।  पुरानो र कमजोर रूख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो । 

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रूख ढलेर स्कुटर र मिनिबसमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा- ४ का राजकुमार भुजेलको निधन भएको थियो ।

सोमबार डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रूख काटन थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रूखहरू हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।