१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:02 am
Banner

अनिवार्य मास्क प्रयोग गर्न सभामुखको आग्रह

सूचना प्रेस २०७९ श्रावण १० मंगलबार ००:००, १४:२० बजे १ मिनेट पढाइ

काठमाडौं – सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोनाभाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

बैठकमा सभामुख सापकोटाले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’

मास्क लगाउन निर्देशन दिईरहदा सभामुखले भने मास्क लगाउनुभएको थिएन ।