४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:15 pm
Banner

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सूचना प्रेस २०७९ श्रावण १६ सोमबार ००:००, ०६:५३ बजे १ मिनेट पढाइ

भरतपुर । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । यहाँ गए रातिदेखि लगातार पानी परिरहेको छ ।