काठमाडौं। हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले चीनमा मुद्दा जितेका छन्। १० वर्षपछिको प्रयासपछि बैकले मुद्धा जितेको हो । बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो।

दुबै बैंकले गत शुक्रबार मुद्दा जितेका हुन्। रकम फिर्ताका लागि दुवै बैंकले बुधबार चीनको अदालतले खबर गरेको छ। बुधबार नै हामी आफ्नो पैसा फिर्ता गर्नका लागि दाबी पठाउँछौं,ु हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने।
दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।
१० वर्षदेखि विभिन्न तहका अदालतहरुमा निरन्तर बहस चलेको थियो। हरेक पटक बैंकहरुको पक्षमा फैसला आएपनि माथिल्लो तहमा जाने कारणले फिर्ता हुन सकेको थिएन।
मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६।२५ लाख अमेरिकी डलर र १४।११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ। यो नेपाली रुपैयाँमा करिब एक अर्ब रुपैयाँ हुन आउँछ। हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने छ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो। उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका हुन्।


