१६ असार २०८३, मंगलबार 1782852976
Banner

निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा हो- सुवास नेम्वाङ

दाङ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको बताउनुभएको छ । अब मुलुकमा उत्पन्न धेरै गतिरोधहरू निर्वाचनले मात्रै किनारा लगाउने बताउनुभयो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको आरोप लगाउनु भयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो– ‘सत्ता गठबन्धनले कानुन र संविधान मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’

नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको बताउनु भयो । नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेता नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप उहाँको छ ।