७ मंसिर २०८१, शुक्रबार 1732306674
Banner

पार्टीभित्र शेर र सवाशेर बन्ने होडबाजीले आन्तरिक समस्या बढ्यो

विगत साउन ३ गते एक नम्बर प्रदेशको प्रशिक्षणमूलक प्रदेश बैठकमा प्रदेशका इन्चार्ज देवराज घिमिरेले घिमिरेले अनेम संघ, र प्रदेश पार्टीका कमजोरी उल्लेख गर्दा आफूलाई त्यसले अलि बिझायो । अनेम संघका कमजोरी उल्लेख गर्ने क्रममा संघ कमजोर पहिलेझैँ सशक्त नभएको , आधारभूत जनतासित नजिकको सम्बन्धको अभाव रहेको , तिनै जनताले एमालेलाई भोट नै नदिएको,पार्टीमा वर्ग पक्षधरता कमजोर भएको आदि कमजोरी घिमिरेले बताउनु भयो । उहाँले भनेका सबै कुरा वास्तविक हुन् । किनभने २०४५ सालदेखि अनेम संघका तल्ला समितिदेखि केन्द्रीय स्तरका समितिमा रहेर माटो भएर काम गरेका आधारमा हेर्दा अनेम संघ अहिले यस प्रदेशमा समस्याग्रस्त देखिन्छ । अनेम संघ नेपालको प्रगतिशील देशभक्त लोकतान्त्रिक आन्दोलनको गौरवशाली संगठन हो । यसको विगत गतिविधि अत्यन्त उत्साहपूर्ण र गौरवशाली रहेको छ । तर अझ सरकार र सत्तामा पार्टी पुगेपछि अस्वस्थ्य प्रतिस्पर्धा अनेम संघमा पनि व्यापक बन्यो ।

यस क्षेत्रमा पनि जात,भात,नाक,नश्ल,थर, गोत्र,आफन्त र नातागोता परेकालाई जुनसुकै क्षेत्रमा लैजाने जस्ता कामहरुले निराशा छाएको देखिन्छ । यही लेखक गौतम थर नभएका कारण गौतम थरि नेतृले ममाथि एक समयमा घोर पक्षपात गरेकी हुन् यस खालका विकृतिका कारण म आफैँ पनि धेरै पछि पारिएकी हुँ । किनभने सिदासादा कार्यकर्ता काममा मात्र ध्यान दिएर लाग्दा रहेछन् तर काममा भन्दा सकेसम्म कुनै औसर छोप्न खोज्ने नियतका मानिस त्यही धूनमा अहोरात्र लाग्दा रहेछन् । तिनले अनेम संघ,पार्टी र स्थानीय,प्रदेश र संघका महत्वपूर्ण पदमा कसरी पुग्न सकिन्छ यही कुरामा ध्यान दिँदा रहेछन् र कसका हातमा डाडुपुन्यौँ छ उसैलाई रातदिन ढोगभेट गर्दा रहेछन् । त्यस खालका अवसरहरु के गर्दा पाइन्छ त्यस खालको अवसर कहाँ कसले दिन्छ र दिने समितिमा को को नेता हुनुहुन्छ भनेर काम छाडेर त्यही काममा ज्यान फालेर लाग्दा रहेछन् । अनि यस्ता कुराले टाउको उठाउँदा र तिनैले पटक पटक विभिन्न खाले अवसर पाउँदा इमान्दारहरु निराश हुन्छन्, भएका छन् । त्यति मात्र होइन एउटै नेता र अगुवा कार्यकर्ता मोर्चाको केन्द्रीय सदस्य,सचिवालय सदस्य,उपप्रमुख र पार्टीको केन्द्रीय सदस्य भएर भए भरका पदका मालाहरु लगाएपछि के काम गर्नु कसरी गर्नु ? यत्ति कुरा बुझ्ने नेता नहुँदा भद्रगोल भएको हो । पानी र बानी त माथिबाट नै आउँ छ नि । कर्सैलाई माथैमाथ कसैलाई पुर्पुरामा हात गरेपछि काम गर्न चाहनेहरुले नै काम गर्न पाइरहेको पाइन्न । गएको स्थानीय निर्वाचनमा म लगायत साथीहरुले इटहरीको निर्वाचन प्रचार प्रशारमा पदीय हैसियतले काम गर्न नै पाइएन र दिइएन । किन दिइएन भने आफ्नो एकलौटी प्रभाव घट्छ भनेर । नगर, जिल्ला र प्रदेशमा चिनिएका राम्रै प्रभाव पारेका महिला वा पुरुषहरु इटहरीमा जस्तै धेरै नगर र गाउँहरुमा भएको हुनुपर्छ । डा. पोखरलले नै यस खालको समस्या बताउनु भयो ।

किनभने माकुने कालको विग्रिएको लयमा बानी परेकाहरु अहिले पनि विकृत र नितान्त निजी साँघुरो घेराको निकृष्ट गुट चलाइ नै रहेका छन् । ओली लयतिर लेपास्सिए पनि तिनैे पुरानो विकृत लिगेसी अझै छाडेका छैनन् । यसले गर्दा धेरै कार्यकर्ता र नेताहरु किनारामा पारिएका छन् । राम्रो काम गरेका र गर्नेलाई उपयुक्त जिम्मेवारी दिए त हुन्थ्यो नि । त्यसो पनि भएको छैन । नगरपालिकामा उपप्रमुख हुँदा होस् वा अरु बेला होस् एउटा पनि राम्रो काम नगर्नेहरु पनि हरेक क्षेत्रमा अवसर पाइरहेको देख्दा काम गर्न मन लाग्दैन । इटहरी नगर पालिकामा एमाले नेतृत्व लिए पनि काम गर्न नजान्दा इटहरीमा हार खानु प¥यो । एकपटक पाएको मौका भरपूर सदुपयोग गर्नु पर्ने हो तर इटहरीमा पटक्कै भएन मेयर र उपमेयर नै आपसमा जग हँसाउने गरी रमित देखाउन थाले पछि सन्देश राम्रो गएन । मेयर चरम जातिवादी हुने मुख नसह्माल्ने उपमेयरले मेयरको कुनै कत्ति पनि भाउ नराख्ने र काममा सधैँ उल्झन मात्र गर्ने । यस्तो अवस्था अब पहिल्यै नओस् जस्तो लागेको छ । सम्झाउने बुझाउने हैसियतका नेता नै एउटा एउटालाई काँधमा बोक्ने । कसैले कसैलाई नटेर्ने सेर र सवासेर हुने जस्ता गतिविधिहरु भए । नत्र पारदर्शी रुपमा साथीहरुको सुझाव र सल्लाह तथा सहभागितामा महिला क्षेत्रमै पनि काम गरेको भए महिला आन्दोलन बलियो हुन्छ । हामी जस्ता महिलाहरु नै अनेम संघका सचिवालय सदस्य र उपप्रमुखबाट र्पूरै उपेक्षित भइन्छ र यस्तो गतिविधि देखेर पनि पार्टीले उपेक्षा गर्दा आन्दोलन कसरी सबल बन्छ कमरेड, त्यति मात्र होइन महिला वा पुरुष नेता र अगुवा कार्यकर्ताहरुको लवाइ,खुवाइ,रहन सहन अत्यन्त भड्किलो र अस्वाभाविक देखिन्छ । कतिपय नेतृ र नेताहरु घाँटीमा दुई तोलका सुनका सिक्री सहित आधारभूत तहका जनता समक्ष जान्छन् । अनि , पिँध फुट्ने लुगा लगाउछन्, ,बोल्दा अग्रेजी भाषाको प्रयोग अलि बढी गर्छन् । तिनले , स्थानीय भाषा र लवजका आधारमा जनताका बीच निकट भइन्छ भन्ने ख्याल गर्दैनन् । जनताका बीच नजिक हुन त त्यस अनुसारको नेताको हेराई, बोलाई ,आखा,अनुहार र व्यवहार हुनुप¥यो नि त्यो सब नहुँदा जनताले आफ्नै मान्छे जस्तो ठान्दैनन् । अर्थात् आधारभूत तहका महिला वा पुरुष सित हाम्रो आत्मीय व्यवहारको अभाव छ । उनीहरुसित हाम्रो औपचारिक वा देखावटी सम्बन्ध, मात्र देखिनछ । नेताहरुमा हामी ठूला हौँ भन्ने भावना व्याप्त छ । कार्यक्रमका ,मन्चमा प्रमुख वा विशेष वा अतिथि बनेर बसेपछि फुर्सद्् निकालेर तल सहभागीहरु सित बस्दा जातै जान्छ भनेझैँ हामी गछौँ । जनतासित हाम्रो हाइ, हलो छैन। हामी जनतासित ठसक्क परेर बस्छौँ । डा. पोखरेलले भनेझैँ हामी जनतासित ठस्कान सेवा गछोँ । अनि कसरी जनताका बीच हामी लोकप्रिय बन्छौँ । पार्टी भनेको त परिवार हो नि अनि हामीले तमाम जनताका बीच पारिवारिक वातावरण पनि बनाउनु पर्ने हो नि । हामी महिला नेतृ नै वैचारिक रुपमा पनि कमजोर छौँ जस्तो लाग्छ ।

प्रायः कुनै महिला नेतृले फेसबुक लगायत सामाजिक सञ्जालमा ज्ञानमूलक सन्देश मूलक तथ महिलालाई जागृत गर्ने कुनै समाचार, विचार, सूक्ति र उक्ति लेखेको पाइन्न । कुन कुन मिडियाबाट सही सूचना पाइन्छ भन्ने पनि हामी धेरैलाई थाहा नै छैन । खालि भ्रन्तिपुर मिडिया मात्र सुनेर र पढेर सही सूचना पाइन्न ।

त्यसैले त केही उपल्ला तहका महिला नेतृ बहुराष्ट्रको अर्थ धेरै राष्ट्र मात्र भन्छन् । नेपाल कहिल्यै पनि बहुराष्ट्र थिएन र होइन । नेपाल आदि कालदेखि एउटै सिङगो राष्ट्र हो । कुनै महिला नेतृ भने नोभोट गर्न र भन्न पाउनुपर्छ पनि भन्दा रहेछन् । एकातिर आधारभूत तहका महिलाहरु छाप लगाउन जान्दैनन् । महिला चेतना अत्यन्त कमजोर रहेको छ र यसलाई उठाउने चिन्ता छैन । अनि नोभोट जस्ता वाइह्यात नारा फलाक्न सुहाउँछ ? एमाले पार्टी र यसको नेतृत्वले गरेका देश र जनता हितका कुराहरु लेख र रचना मार्फत् आम जनताले थाहा पाउने गरी प्रचार गर्न हामी किन पछि परेका हौँ । लेख्न बोल्न आउँदैन भनेर निच मारेर हुँदैन । जे जे आउँछ लेख्ने अनि त्यसैलाई जान्ने व्यक्तिलाई सम्पादन गर्न दिँदा लेख तयार हुँदो रहेछ । अनि बुँदाहरु लेख्यो अनि तिनै बुँदाहरुलाई विस्तार गर्दा पनि लेख तयार हुँदो रहेछ । यो मेरो आफ्नै र घरको उदाहरण हो । तर यस्ता कुरामा हामी धेरैको ध्यानै गएको छैन । सभासद्,मन्त्री भइगइयो । मौका परे फेरि भइहालिन्छ । लेखेर पढेर के हुन्छ र भन्ने भए पछि र त्यस्तैलाई पटक पटक अवसर दिएपछि अनेम संघ मात्र होइन समग्र आन्दोलन थला पर्छ । मेसेन्जरमा फेस बुकमा छोरा छोरी नाति नातिनासित घण्टौँ बात मारेर हुँदैन । मैले नै चेलीको चिरहरण भन्ने किताव लेखे र प्रकाशित गरेँ तर कुनै नेतृ र नेताले भेटघाटमा एक वाक्यबाट प्रोत्साहित गरेका छैनन् । हामी महिलाहरु आधारभूत महिलालाई चित्त बुझ्दो गरी प्रशिक्षण गर्न जान्दैनौँ । तिनलाई आफ्ना घर परिवारका कार्यक्रममा बोलाउँदैनौँ । हाम्रो र उनीहरुको वर्ग नै फरक परेजस्तो भएको छ । घरमा बोलाए पनि व्यवहार चाहिँ परपरको जस्तो गछौँ, विभिन्न चाडवाड,पर्व र समारोहमा आधारभूत महिला वा पुरुषसित निकट सम्बन्ध र व्यवहार गर्दैनौँ ।फेसबुक वा सामाजिक सन्जालमा आधारभूत तहका सीप र प्रतिभालाई उजागर गरिदिँदैनाँै,तिनको उत्पादनलाई किनिदिएर प्रोत्साहित गर्दैनौँ । पार्टीका र अनेम संघका सकारात्मक कुरा मौका पाउँदा पनि गर्दैनौँ । पार्टीमा र मोर्चा संगठनमा केन्द्रीय वा उपल्लो तहको जिम्मेवारी अनुसार भूमिका पनि निर्वाह गर्नु पर्छ । त्यसको लेखाजोखा पार्टीले राख्नु पर्छ । केही केही उदाहरण के देखिन्छ भने जति अयोग्य उति माथिमाथि जिम्मेवारी दिने कुरा आन्दोलनको घातक पक्ष हो । उपप्रमुख हुँदा चरम अयोग्यता प्रदर्शन गर्नेलाई प्रदेशसभाको समानुपानतिकमा मनोनय गर्न गराउन भित्रभित्रै हत्ते हालको जानकारीमा आएको छ । यस्तै हुँदा आन्दोलन क्षतविक्षत हुन्छ । सुनसरीमा माथिल्लै तहबाट राम्ररी ध्यान दृष्टि दिन सकिएन भने अरु दुर्दिन आउने निश्चित देखिन्छ ।

ने.क.पा. एमाले प्रदेश नं. १ को यही श्रावण ३ गते विराटनगरमा प्रशिक्षणमूलक विस्तारित भेलामा सल्लाहकारका नाताले सहभागी हुने मौका पाइयो । प्रदेशका सबै सदस्य तथा प्रशिक्षणमा सहभागी हुने सदस्यहरुलाई सूचना भएको भए अझ भव्य उपरिस्थिति हुने रहेछ भन्ने त्यहीँ गएर थाहा भयो । तर यो विस्तारित भेला सबै हिसावले उत्साह लाग्दो थियो । प्रदेश पार्टी र मोर्चा संगठनका विषयमा देखापरेका समस्याहरु पनि नेता कमरेडहरुले उल्लेख गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष सुवास नेम्बाङले प्रशिक्षण दिनु भएको थियो ।

(इटहरी निवासी लेखक अनेम संघ,केस, प्रदेश सल्लाहकार तथा चेलीको चिरहरण कृतिका लेखक हुनुहुन्छ ।)