७ मंसिर २०८१, शुक्रबार 1732332654
Banner

एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै दिक्षितले भन्नुभयो, ‘ओलीले एक्लै जित्छु भनेका छन, उनको बोलीलाई जनताले पूजा गर्छन् ’

काठमाडौं – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आगामी मंसीर ४ गते निर्वाचनमा पाँच दलीय गठबन्धनलाई हराएर नेकपा एमालेलाई जिताउन अपिल गर्नुभएको छ। गठबन्धनले जनतालाई छलकपट, ढाँटने योजनाका साथ आएकोले हराएर एमालेलाई जिताउनु पर्ने डा. दिक्षितले बताउनु भयो ।

काठमाडौंमा आज आयोजित सात्क्षात्कारमा बोल्दै डा. दिक्षितले देश बचाउन गठबन्धनलाई हराएर केपी ओलीलाई जिताउनु पर्छ भन्नुभयो । ‘नेपाली भूमि आजको होइन । यो त पूण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरी अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ,’ उहाँले भन्नुभयो ।

‘पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ,’ दिक्षितले भन्नुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै भन्नुभयो,‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’