३ आश्विन २०८१, बिहिबार 1726803069
Banner

२४ घण्टामा थप ८३६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २८८८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् भने देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन् ।