२४ भदौ २०८३, बुधबार 1788937696
Banner

प्रतिनिधिसभाको बैठक बुधबारलाई सारियो

काठमाडौँ – प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन्।

फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा भनिएको छ,

आज (आइतबार) बिहान भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बैठक सार्न प्रस्ताव गरेको भनेर भ्रम फैलाइएको बताएका थिए।