९ मंसिर २०८१, आइतबार 1732502726
Banner

सबै सम्पत्ति राज्यको नाममा गरिसकेः अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ ।
राष्ट्रिय युवा सम्मेलनमा आज विहान बोल्दै अध्यक्ष ओलीले देशलाई दिएको सम्पती बेच्न वा धितो राख्न नपाइने हुनाले आफूसँग अहिले केही नभएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले बिरामी पर्दा उपचार खर्च समेत नभएको बताउनुभयो । साँसद भएको कारण त्यहीबाट आउने भत्ताले औषधी उपचार गरिरहेको तर ठूलो उपचार गर्न पैसा समेत नभएको बताउनुभएको छ । उहाँले आफ्नो र श्रीमतीका नामको सबै सम्पती राज्यलाई दिएकोले आफूसँग अन्य स्रोत नभएको उल्लेख गर्नुभयो ।