७ मंसिर २०८१, शुक्रबार 1732326087
Banner

काङ्ग्रेसका कारण देशको कन्तबिजोग

जननायक बी.पी. कोइरालाको अवसानपछि नेपाली कांग्रेसले कठघरमा उभ्भिनु पर्ने धेरै कारण रहेका छन् । यसको बेलिबिस्तार यस लेखमा गरिने छ । बीपीको विरासद् बिर्सँदा र त्यसलाई समूल समाप्त पार्न खोज्दा जनताले कांग्रेसलाई कठालोमा समाउनु पर्ने अवस्था सिर्जना भएको छ । यसमा न्यायालयको ठाडो आदेशमा भारत अनुकूलको वा कन्फर्टेबल सरकार र यसका समग्र क्रियाकलापहरु आलोच्य रहेको छन् ।

महाकालीमा देशसुपुत्र जयसिंह धामी मारिँदा पनि मुख सिएर बस्ने देउपा कांग्रेसले देश र जनताका लागि केही गर्छ भनेर पत्याउन सकिन्न । प्रचण्डका पारामा नाच्दा कंग्रेस समाप्त हुने निश्चित देखिन्छ तर यहाँ त देशै समाप्त पार्ने दाउ देखिन्छ । यसमा मूल कारण विवादास्पद नागरिकता विधेयक रहेको छ । संसरमा कहीँ नभएको अङ्गीकृत नागरिकतालाई अत्यन्त खुकुलो बनाएर देशलाई फिजीकरण लागिएकोृ स्पष्ट हुन्छ । यस्ता संवेदनशील विषयमा महामहिम राष्ट्रपतिले डटेर सामना गर्नु पर्ने देखिन्छ । उहाँलाई जति पनि सल्लाह सुझाव दिनेहरुले पनि यस्ता संवेदनशील मामलामा संविधानको रक्षकका नाताले अडान लिनु पर्ने बताइसकेका छन् ।

देशको पुरानो र गौरवशाली छवि निर्माण गरेको नेपाली कांग्रेस पहिचान विहीन हुँदैछ । यो पार्टी अहिले लेन्डु्प पथमा दौडिन खोजेको दुःखद् अवस्था देखिन्छ । नेता शेखर कोइराला कम्तीमा देउबाप्रवृत्ति विरुद्ध सक्रिय देखिन्छन् । यस समूहले कम्तीमा कांग्रेसको विगत विरासद् र छवि बचाउन देशव्यापी सशक्त अभियान सञ्चालन गरेर नेकाको शक्ति सन्तुलनमा फेरबदल ल्याउन सक्नुपर्छ र पार्टीलाई बचाउनुपर्छ । देखादेखी पार्टीलाई रागेभीरबाट खसालेको हेरिरहन मिल्दैन । किनभने देश रहे पार्टी नेता र नेतृत्व रहने हो । पुष्पकमल दाहाल जस्ता अत्यन्त संदिग्ध चरित्रको बुईमा बोकिएर लतारिँदा देश नै डुब्ने खतरा टड्कारो छ । किनभने दाहालले त जनयुद्धताका भारतका विरुद्ध हामी कुनै र केही पनि काम गर्ने छैनौँ भनेर तमसुक नै गरेको छन् । हेग जाने डरले यिनले देशका विरुद्ध जे गर्न पनि तयार हुन्छन् । पार्टी अध्यक्ष गिरिजा प्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिको ललिपप देखाएर हुनसम्मको छली र कपटी काम एमाले र ओली कुनै हालतमा गर्दैनन् । प्रखर राष्ट्रवादी भूतपूर्व प्रधानमन्त्री ओलीले झिँगाको संगतले रछ्यानको बास हुन्छ भन्नु नै भएको छ । जान्नेलाई यो कुरा श्रीखण्ड समान हो ।

भारतीय मूलका मानिसलाई काठमाडौँमा उतिबेला घरघडेरी किन्न नदिने बीपी विरासद् कांग्रेसमा अब कहाँ खोज्ने हो । जे जति भए पनि देश र जनताको स्वाभिमान कायम गर्ने बीपी कांग्रेस अहिले पूरै ओझेल परेको छ ।

के यस्तै कांग्रेस बनाउन बीपीले खोज्नु र सोच्नु भएको थियो ? बिदेशीको इसारा र लहैलहैमा लागेर कुन पार्टी दीर्घजीवी बन्न सक्छ ? भारतीय दवाव र प्रभावमा परेको भए नेपालको संविधान सदनबाट पारित हुन्थ्यो ? चट्टानी अडान नराखेको भए नाकाबन्दी हट्थ्यो ? चीनसित वाणिज्य र पारवहन सन्धी गर्ने कसैको हिम्मत हुन्थ्यो ? बसौँदेखि नबनेको हुलाकी राजमार्ग किन कसले गर्दा बन्यो ? सुरुङ मार्ग पनि बनाउन दिन आएको भारतीय दवाव कसले गर्दा निस्तेज भयो ? हेलाहाचो र अपमान विरुद्ध सिंहमेव जयते भन्ने हिम्मत कसले ग¥यो ?

हामी कसैका भाइ होइनौँ हामी स्वाभिमानी र समान सार्वभौम सत्तायुक्त मित्र हौँ कसैले भन्न सक्यो ? बेलाको रिस र आक्रोष पनि सौन्दर्य हुन्छ तर डा. बाबुराम पन्थी एकाध भँडुवाहरु भँडुवा भन्दा पनि रिसले चुर हुन्छन् र ओलीको रिस र डाहले भुतुक्क हुन्छन् । विराटनगरमा लामो समय देखि अड्डा जमाएर बसेको भारतीय सैनिक टुकडी कसले हटायो ? जति भाग्यो उति लुते कुकुरले पनि खेद्छ । नडराउनु तर डर राखेर काम गर्नु । दृढ अडान र निडर मानिसका अगाडि बाघ पनि सतर्क हुन्छ क्या ? बाघलाई पनि डर लाग्छ । कतै मानिसले नै आफूलाई सिध्याउँछ कि भन्ने बाघलाई भित्रभित्रै डर लाग्छ । सत्ता,शक्ति,सम्पत्ति र निकृष्ट स्वार्थलाई केन्द्र विन्दुमा राखेर अहिलेसम्म कुन पार्टी,सिद्धान्त,सरकार र सत्ता टिकेको छ ?

बीपी भएको भए दातृराष्ट्रहरुले उपहार स्वरुप प्रदान गरेका दर्जनौँ उद्योगहरु माटाका भाउमा बेचिँदैन थिए होलान् । अहिले जस्तो कांग्रसी रमित पनि नेपाली जनताले भोग्नु पनेृ थिएन होला । अर्थमन्त्री जनार्दन शर्माका चरम र सरम लाग्दा कुरुप दृश्य पनि देख्नु पर्ने थिएन होला । टाउका गनेकै भरमा भुटान भारतमा बिलय भएको हो । नेपालमा पनि शुद्धिबुद्धिले होइन टाउका गनेर नागरिकता विधेयक पुनः पारित गर्न कांग्रेस नेतृत्व गर्दैछ । आखिरमा माधव नेपाल र पुष्पकमल लाहालले भोलिका दिनमा सबै दोष कांग्रेसकै थाप्लामा हाल्नेछ । अहिले पुष्पकमल दाहालको पुच्छर बनेको कांग्रेस त्यही पुच्छरले आफूलाई हिर्काउँदा थाहा पाउला । यति हुतिहारा, जनतामारा र देशघात उद्यत कांग्रेस पहिले कहिल्यै देखिएन । नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने कांग्रेस ओली विरुद्ध खनिएको देख्दा उदेक लाग्छ । आफ्नो आङको भैँसी नदेखेर केही कांग्रेसी बुद्धिजीवी समेत रत्यौली रमित देखाइरहेका छन् । के.पी. ओली जस्ता लोकप्रिय र प्रखर राष्ट्रवादी नेतालाई पछिल्लो अवधिमा सदा धारेहात लगाउने साध्य बहादुरहरु देश र जनताको यो दुर्दशामा मौनमख्ख छन् । नेपाली जनताका मूच्छित सपनाहरु ब्युँझाउने ओली प्रयत्नलाई फुटेका आँखाले देखि नसहने प्रवृत्ति देशका लागि नै घातक छ । निराशा र चरम निराशा छर्ने कथित एकाध बौद्धिकहरुले प्रा.डा. पदकै बेइज्जत गरिरहेका छन् ।

नेपाली कांग्रेसलाई समेत बचाउन एमालेको अहं भूमिका थियो,छ र रहनेछ । तर खोलो धाएर हुँदैन । मधौरुले नै माड खानुपर्छ । आफ्नै घर जलाउनेले अर्काको घर बाँकी राख्छ ? संगत गुनाको फल भनेझैँ एमालेको संगतले नेकाको कहिल्यै कुभलो भएको छैन र हुृने पनि छैन । २०४६ पछिका घटनाक्रम हेर्दा हुन्छ । यी दुई पार्टी नमिली र न्यूनतम सहमति नगरी यस देशको भलो हुँदैन । यो आजको र भोलिको यथार्थ सत्य हो तर यसमा नेकाले बेवास्ता गरे केही समयपछि कांग्रेस कांग्रेस रहने छैन । यो पार्टी सुकेर सुकेधारो हुनेछ र एमाले मात्र यस देशको एक्लो सबल पार्टी हुने सुनिश्चित छ । आखिर एउटाको बनिवास भएपछि अर्को ह्वात्ते अघि बढ्छ । पूर्व माले र एमालेले जननेता मदन भण्डारी सहितले बेलाबेला राखेका देश र जनहितका मुद्दालाई कांग्रेसले स्वीकार गरेको भए सबैको भलो हुन्थ्यो र अझ देशको भलो हुन्थ्यो । देश र जनता हितका सही कुरा कांग्रेसले नमान्दा देश ओरालोतिर लागेको हो । यी सबको उत्तर अब जनताले कठालो समातेर माग्ने छन् ।

बीपीले मृत्युको अन्तिम घडीमा सासका भरमा नेपालमा अब जे गर्छ भारतले गर्छ भन्नु भएको थियो । यस खालको चरम निराशा कांग्रेस पार्टीका उहाँको कुनै भर नभएको अनुभव हुन्छ । तपाईँ जत्तिको राष्ट्रवादी नेता नहुँदा देशको के अवस्था होला भनी बी.पी समक्ष गणेशराज शर्माले प्रश्न गरेका थिए । यही प्रश्नको उत्तरमा कोइरालाबाट उक्त जवाफ आएको थियो । । समाजवादी नेता जयप्रकाश नारायण बाहेक सबै भारतीय नेताहरुले बारबार हेलाहोचा गरेको तिक्त विरक्त अनु्भूति बीपीलाई थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका नाताले पनि कोइराला भारतीय नेता र शाषकको हेलाहोचोमा पर्नु भयो । अझ नेपालप्रति गरिएको उपेक्षा उहाँलाई पटक्कै मन परेन ।

जवाहरलाल नेहरु लगायत भातीय नेताले नेपालको स्वाधीनता र स्वतन्त्रतामा दखलअन्दाजी गर्न खोजेका थिए । यसलाई कोइरालाले कुटनैतिक तथा शालीनताका साथ प्रतिवाद गर्नुभएको हो । यसवापत कोइरालाले अनेक हण्डर र ठक्कर भोग्नुप¥यो । २०३६ को जनमत संग्रह पश्चात् बीपीलाई भारतीय शाषसकले प्रधानमन्त्री र नेपालको राष्ट्रपति नै पनि बनाइदिन्छौँ भनेका थिए । र उनीहरुले भने अनुसार चल्न कोइराला असहमत हुनु भयो । यस्ता फुस्ल्याहटमा परेर नेपालको अस्तित्व सिक्किमभैmँ समाप्त हुन्छ भन्ने बीपीले महसुस गर्नु भयो । यसले गर्दा चर्को बोली नबोली व्यवहारबाटै राष्ट्रविरोधी शक्तिसित उहाँले असहमति जाहेर गर्नुभयो । बीपीले देशको गौरवशाली स्वाधीनता, स्वतन्त्रता र अखण्डतालाई सत्ता र शक्तिसित सौदाबाजी गर्नु भएन । सौदाबाजी गर्ने लेन्डुप दोर्जेको दुर्दशा पनि उहाँले देख्नु भएकै थियो । फाँसीको फन्दामा डुण्डिनु परे पनि तयार भई मेलमिलाप नीति कोइरालाले लिनु भयो । नेपाल राष्ट्रलाई सिक्किमझैँ हडप्न नदिनका लागि उहाँ अन्तिम दमसम्म लड्नु भएको हो ।

लेन्डुप हुन आतुर र व्यग्र एकाध नेपाली नेतालाई सिक्किमे लेन्डुप महत्वपूर्ण शिक्षा हुन् तर नेपाली लेन्डुपलाई मात्र होइन तिनका प्रमुख मतियारहरुलाई पनि छाड्न हुन्न र देशबाट भाग्न दिनुहुन्न ।

बी.पीले अन्तिम अवस्थाका निराशाका भावनाहरु आफ्नै पार्टीका कतिपय बिकाउ नेताका प्रवृत्तिप्रति लक्षित देखिन्छ । कम्युनिस्ट पार्टी र यसका नेताप्रति नकारात्मक धारणा राख्ने कोइरालाले नेपालमा देशभक्त प्रगतिशील शक्ति,पार्टी र नेता हुँदाहँुदै पनि देख्न सक्नु भएन र नाम उल्लेख गर्नु भएन । तर पुष्पलाल र उहाँको सही कम्युनिस्ट विरासद बहन गरेको कम्युनिस्ट पार्टी जत्तिको लोकतान्त्रिक पार्टी नेपालमा नै छैन । उतिबेला कम्युनिस्ट पार्टीप्रति अझ चरम दुराग्रह राख्ने नेकाको दुईतिहाइ बहुमतको विघटित संसद् पुनः स्थापनाको माग गर्ने पुष्पलालको लोकतान्त्रिक आदर्श व्यक्तित्व हुनुहुन्छ । यही विरासद् र विचार वाहक एमाले पार्टी भिन्न सैद्धान्तिक पार्टीलाई तथानाम गर्दैन र भन्दैन पनि । लोकतान्त्रिक आदर्श चरित्र यही पार्टीमा मात्र विद्यमान छ । त्यसैले अहिले पनि ने.क.पा. एमाले र ओली जत्तिको राजनीतिक नैतिकता कायम गर्ने पार्टी अरु कुनै छैन भन्दा हुन्छ । तर टाउका गनेकै भरमा संसदीय लोकतान्त्रिक प्रणालीका विकृतिहरु विरुद्ध रहेको छ । दीर्घकालीन र विश्वाससिलो राजनीति गर्ने एमाले बहुदलीय प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्न चाहन्छ । तर कतिपय प्रजातन्त्रिक तथा प्रगतिशील भन्ने बुद्धिजीवीहरु एमाले पार्टीको जनताको बहुदलीय जनवाद नामको सैद्धान्तिक अध्ययन सामग्री पढ्दैन पढी अँध्यारामा झट्टी हुन्छन् । तर केही लोकतन्त्रको माला जप्नेहरु एमाले र ओलीलाई अस्वस्थ रुपमा सदा खेदोपाइलो गर्ने कुपात्रको नेपालमा कमी छैन । नेकाका युवा नेता गुरु घिमिरेहरु एमाले पार्टीका राष्ट्रवादी नेतासित कथित युद्धका नाममा जन र धनको अपार क्षति गर्ने पार्टी र नेतासित तुलना गर्ने दुस्साहस गर्छन् । कसैले नचाहे पनि एमाले जस्तो लोकतान्त्रिक कम्युनिस्ट पार्टी आधारभूत तहदेखि नै सबल रहेको छ । यो कुरा स्थानीय निर्वाचनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याउनु होइन र चुनावमा नाङ्गो रुपमा जतिसुकै धाँधली पनि बजुरा जिल्लाको बुढगंगा नगर पालिकामा सुरुमा नग्न धाँधली गरियो तर पुनः स्वच्छ र स्वतन्त्र निर्वाचान मार्फत् एमालेले बहुमतका साथ सानदार रुपमा जित्यो । आगामी मंसीर ४ गते हुने निर्वाचनमा एमाले एक्लै संघ र प्रदेशमा एकल बहुमत ल्याउने निश्चित देखिन्छ । ओलीको डाहको छटपटिएकाहरु भने सबै पुराना नेताहरु र स्वयं पार्टी विरोधी दुष्प्रचार गरिरहेका छन् । आफू खराब भए पछि सबै खराव भन्न थालेका छन् ।

डा. चन्द्र भण्डारी,एन.पी. साउद्, धनराज गुरुङ जस्ता लोकतान्त्रिक देशभक्त संस्कार नेकाको सम्पत्ति हुन् । सम्पत्तिले नै सम्पत्ति कमाउँछ । सही मित्र शक्ति छनौट गर्न नजान्दा दुःख पाइन्छ ।

मुखका र कामका नेपाली कम्युनिस्टहरु बिलकुल फरक छन् । सिद्धान्त र व्यवहारको समन्वयबाट मात्र पार्टी पहिचान गर्न सकिन्छ । दीर्घ कालीन सोच र समझले मात्र देशको राजनीतिले सही दिशा र दृष्टि दिनसक्छ । पूर्व माले वा एमाले राजनीतिक, कार्यक्रमिक र व्यवहारिक दृष्टिले मात्र भरपर्दो शक्ति हो भन्ने कांग्रेसीहरुले जानेबुझेकै कुरा हो । के को न्यानोमा एकछिन रमाएर हुँदैन । बाह्य शक्तिहरुका आदेश र इसारामा क्षणिक स्वार्थका लागि गठबन्धन गर्नु देशलाई नै भड्खालोमा हाल्न खोज्नु हो । हालै डा. बाबुराम भट्टराई एमाले पार्टीमा सशर्त प्रवेश गर्न खोजे पनि पाएनन् । एमाले टाउका मात्र बटुलेर त्यसमा मात्र भर पर्ने पार्टी होइन । बहुमतका लागि भए भरका भाइरस जम्मा गरेर पार्टी कति दिन टिक्ला र ? पार्टीमा शुद्धि,बुद्धि र गिदी चाहिँदैन भने कुरो अर्कै हो । त्यसैले उम्दा उमेर भविष्य भएका गगन थापा र विश्वप्रकाश शर्मा, डा. डिला संग्रौलाहरुले लोकतान्त्रिक तथा देशभक्त चिन्तन र चरित्रमा खिया नपारुन् । संग्रौलाले जस्तै एमाले नेतृहरुले अखवारी लेखन मार्फत् बौद्धिक पहिचान दिए नजाती हुने थिएन । बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ । पार्टीको शुद्धीकरण पार्टी भित्रैबाट गर्नु पर्छ र पहिले आर्फैँबाट सुरु गर्नुपर्छ ।