४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:57 am
समाचार

अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु पाँच जना घाइते

सूचना प्रेस २०७९ आश्विन ९ आइतबार ००:००, ०७:५९ बजे १ मिनेट पढाइ

गौमुखी गाउँपालिका–५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार गए राती करिब ११ बजे भएको घटनामा ३५ वर्षीय थापाको मृत्यु भएको हो । अरिङ्गाल पोल्न गएका थप पाँच जना अरिङ्गालको टोकाई बाट घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको प्युठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।