८ मंसिर २०८१, शनिबार 1732413200
Banner

मनास्लु हिमपहिरो अपडेट : २ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं । गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्न सुरू गरिएको छ।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले एक जनाको मृत्यु भएको बताए । घाइतेको यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टरबाट दुईजनाको उद्धार भएको बताए ।

आज मध्यान्ह गएको पहिरोमा परेर १० जनाभन्दा बढी घाइते भएका थिए।