२७ भदौ २०८३, शनिबार 1789257861
Banner

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल गर्न एमाले सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा मापदण्डका साथै उम्मेदवार छनौट तथा कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ।

एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन्।