१६ भदौ २०८३, मंगलबार 1788283719
पर्यटन

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरीए

लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । 

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला  तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ुबिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भन्नुभयो, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उहाँका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०र६० जना आन्तरिक पर्यटक आएका छन् ।