१३ आश्विन २०८३, मंगलबार 10:31 am
Banner

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ बालुवाटार पुग्नुभएको हो।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अहिले बालुवाटारमा छलफल जारी छ। साँझ साढे ६ बजे ओली बालुवाटार पुग्नु भएको हो। ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ ।