राजनीतिमा नयाँ र पुरानो अनुहार होइन, विचार र व्यवहार हेर्नुपर्छ। नेतृत्वसँग विगत र वर्तमानको त्याग र योगदानको विवरणसँगै भविष्यमा देश बनाउने नीति र योजना पनि माग्नुपर्छ। ‘नो नट अगेन’ जस्ता फण्डा गरेर केही समय जनता झुक्याउन त सकिएला तर चुनाव जित्न भने सकिन्न भनेर राजनीतिक नेतृत्व तथा प्रज्ञिकहरूले बुझ्न सक्नुपर्छ।
हिजोआज हाम्रा घरआँगनमा घण्टी बजाउँदै, गठबन्धन बनाउँदै र स्वतन्त्र भन्दै राजनीतिमात्र होइन, देश नै बनाउने गुड्डी हाँक्दै उम्मेदवारहरू आउँदैछन्। तिनिहरूलाई जम्माजम्मी ३/४ वटा प्रश्नहरू सोधौं।
घण्टी र गठबन्धन दलहरूको राजनीतिक दार्शनिक पक्ष के हो ?
राष्ट्रिय मुद्दाहरू जस्तैः परराष्ट्र र अर्थ नीति, शिक्षा स्वास्थ्य, नागरिकता विधेयक, संघीयता र लोकतान्त्रिक गणतन्त्रका सवालमा ति दल र उम्मेदवारहरूका धारणाहरू के के हुन ?
घण्टी दलको अध्यक्ष रबी लामिछानेको नैतिक र आर्थिक चरित्र कस्तो थियोरु पहिले नेपाली नागरिकता त्यागेर अमेरिकन अनि अहिले अमेरिकन नागरिकता त्यागेर नेपाली किन बने ?
स्वतन्त्र उम्मेदवारहरू कुन राजनैतिक दर्शनले निर्देशित भइरहेका छन् ?
यतिखेर खराब पात्रहरूबाट राजनीतिमात्र होइन, देश पनि जोगाउनु पर्ने चुनौती बढेको छ। उनीहरूले राष्ट्रिय स्वार्थ र आवश्यकताभन्दा आफ्नो व्यक्तिगत स्वार्थ र आवश्यकता अनि बाह्य स्वार्थलाई केन्द्रमा राखेर राजनीति गरिरहेका छन्। यो कुरो जनताले थाहा नपाउन भनेर सार्वजनिक मञ्चहरूमा संविधान र लोकतन्त्रको पक्षपोषण गरेजस्तो गरेर देशभक्त तथा वामपन्थी शक्तिको बदख्याईं गर्दैछन्। त्यतिले पनि नपुगेर घोषित अघोषित चुनावी गठबन्धन बनाएका छन्।
लोकतान्त्रिक गणतन्त्र भनेको जनताको एजेण्डा बोक्ने र जनअपेक्षाहरूको प्राथमिकता र आवश्यकताका आधारमा सम्बोधन गर्ने व्यवस्था हो। संसदीय प्रणालीअन्तर्गत लोकतान्त्रिक व्यवस्था बलियो बनाउने होभने त्यसले जनताको एजेण्डा बोकेको र सो एजेण्डानुसार राजनीति गरेको हुनपर्छ। तर लोकतन्त्र र संविधान जोगायौं भन्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमान कमजोर बनाउनेहरू सत्ता शक्तिको आडमा भ्रमको खेती गरेर चुनाव जित्ने योजनामा पाँच दलीय कम्फर्टेबल गठबन्धनमा रहेका दलहरू देखिएका छन्। पहिले जसरी लोकतन्त्र र बहुमतको आडमा सिक्किमलाई भारतमा गाभिएको थियो अहिले त्यस्तै प्रकृतिको राजनीति नेपालमा पाँच दलीय गठबन्धनका नेताहरू गरिरहेकाछन्।
पाँच दलीय गठबन्धनमा रहेका दल र त्यसका नेताहरू राष्ट्रिय स्वार्थ कमजोर बनाउने र बाह्य अर्थात दक्षिणपश्चिमको स्वार्थ बलियो बनाउने गतिविधिहरूमा रमाईरहेका छन्। तर राज्यको चौथो अंग अर्थात सञ्चार माध्यमहरू भने स्वतन्त्र र निष्पक्ष भएरभन्दा एकपक्षीय भएर जनतालाई भ्रमित बनाउने गरी समाचार, टिप्पणी, विश्लेषण र अन्तर्वार्ताहरू संप्रेषण गर्नुलाई आफ्नो व्यावसायिक धर्म ठान्दैछन्। जसले गर्दा सत्यतथ्य सूचना पाउने जनताको अधिकारमात्र कुण्ठित भईरहेको छैन्, राष्ट्रिय स्वाधीनता र स्वाभिमान पनि कमजोर बनाउने काम भईरहेको छ। दक्षिणपश्चिम आफ्नो स्वार्थ र आदर्शअनुसार चल्ने संसद, सरकार, न्यायलय र सञ्चार माध्यम अनि शिक्षालय र देवालयहरू बनाउन चाहन्छन्। त्यही रणनीतिअनुसार सहयोगहरू गरिरहेका छन्।
ब्राजिलमा भर्खैरै सम्पन्न राष्ट्रपतिको चुनावमा ७७ वर्षिय लुला ड सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति चुनिएका छन्। ब्राजिलियनहरूले वामपन्थी नेतालाई ब्यालेटबाट पुनः सत्ताको नेतृत्वमा पुर्याएर बुर्जुवा दक्षिणपन्थीहरूको रणनीति असफल मात्र बनाएनन्, वामपन्थी राजनीतिलाई बलियो बनाउँदैछन्। यसबाट अमरिकी नेतृत्वमा क्रियाशील बुर्जुवा दलाल दक्षिणपन्थीहरू आत्तिएका छन्। अब नेपालीहरूले पनि ब्राजिलियनहरूले झै नेपालमा बुर्जुवा दलाल दक्षिणपन्थीहरूको रणनीति ब्यालेटमार्फत असफल बनाउनु पर्छ। मंसिर ४ मा त्यो अवसर हामी नेपालीहरूमाथि आउँदैछ।
तर त्यो अवसर जनताले उपयोग गर्न नसकुन भनेर हिजोका क्रान्तिकारी डा। बाबुराम भट्टराई बुर्जुवा दक्षिणपन्थी दललाई नै जिताउन सामाजिक सञ्जालमार्फत जनमन भ्रमित बनाउने प्रयास गर्दैछन्। उनले एकबिहानै सामाजिक सञ्जालमा लेखेका छन्, “चर्को घामले सताइरहेको बेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदूर र कलम समात्ने बुद्धिजीवी ठूलो रूखको छायाँमा बसेर चियाको गिलासमा चिया खाँदा जुन आनन्द आउॅछ, त्यसलाई सम्झेर भोट हालौं१” यदि त्यसै थियोभने २०५२ बाट २०६२ सम्म जनयुद्धको नाममा ति रूख चिन्हमा भोट हाल्ने कांग्रेसीहरू किन मारिए र थातथलोबाट किन लखेटिएरु अहिले मार्ने र मारिने अनि लेखेट्ने र लखेटिनेहरूको गठबन्धन बनेको छ, त्यो कसको प्रेरणा र स्वार्थमा बनेको होरु यसको उत्तर कसले दिनेरु उनीहरूको एउटै लक्ष्य छ, जे जसरी भएतापनि नेपालको राजनीतिमा सूर्य उदाउन नदिने र बाह्य स्वार्थहरू पूरा गर्ने ?
कुरो व्यक्तिको होइन, अपवादको पनि होइन। कुरो त विचार र व्यवहारको हो। इतिहास साक्षी छ, नेपाली कांग्रेस बलियो हुँदा देश सधैं कमजोर भएर ठगिएको छ। अहिले फेरि नेपाली कांग्रेसकै नेतृत्वमा कम्फर्टेबल चुनावी गठबन्धन बनेको छ। अब पनि देशलाई कति कमजोर बनाउनेरु भो यो बाटो छोडौं र देश बलियो बनाउने राजनीति र उम्मेदवार रोजौं। यो चेतना जनतामा विकास गरौं। वैचारिक धरातल टेकेर देशको पक्षमा राजनीति गर्न थालौं।
त्यसैले यतिखेर नेकपा एमालेविरूद्ध एकातिर पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल र लोसपाबीच विचारहिन अप्राकृतिक गठबन्धन बनेको छभने अर्कातिर केही नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरू नो नट अगेनको नारा लगाउँदैछन्। यी दुबै पक्ष एमालेलाई हराउने सर्तमा ठिमाहा मोर्चा बनाएर चुनावी अभियानमा होमिएका छन्। एकाथरी संविधान, लोकतन्त्र र अग्रगमनको बर्को ओढेर त अर्काथरी नयाँजति सबै असल भन्ने भ्रम छरेर जनतालाई देशको विपक्षमा मतदान गर्न उक्साउँदैछन्। पाँच दलीय गठबन्धनको विरोध गर्दा घण्टी पार्टीले प्रतिवाद गर्नु अनि घण्टी पार्टीको विरोध गर्दा पाँच दलका नेता तथा कार्यकर्ताहरू जाईलाग्नु कुनै संयोगमात्र होईन भनेर हामी बुझ्नुपर्ने भएको छ। त्यसैले राजनीतिमा नयाँ र पुरानो होइन, वैचारिक र व्यावहारिक पक्षलाई बढी महत्त्व दिनुपर्छ अनि वामपन्थी तथा देशभक्तहरूलाई जिताएर सम्वृद्ध नेपाल सुखी नेपाली बनाउन राष्ट्रिय संकल्प पूरा गर्ने राजनैतिक तथा संवैधानिक वातावरण बनाउनु पर्छ।