३० कार्तिक २०८१, शुक्रबार 1731692496
Banner

विरोधी नै एमालेका प्रशंसक

१.पृष्ठभूमि
प्रसिद्ध संस्कृतिविद् जगमान गुरुङले एक प्रसंगमा मानिस नरपशु हो भन्नुभयो । हुन पनि नरपशु वा मानिसको ढिलै भए पनि बुद्धि र विवेक पलाउनु अपहिरार्य हुन्छ । सती प्रथाको समर्थक नरपशुले त्यही कुप्रथाको दाहसंस्कार नै ग¥यो । पुष्पलाललाई गद्दार भनेर कुर्लिनेहरुको बुद्धि ढिलै भए पनि फर्केको थियो तर कान्छीलाई मन्त्री बनाउन अहिले चारताराको आरती उतारिरहेको देखिन्छ । जननेता मदन भण्डारी र जबजलाई हरियो घाँसमा ल्ुकेको सर्पं भन्नेहरु उहाँकै पथप्रकाशमा खुल्ला कम्युनिस्ट राजनीति गर्न पाइरहेका छन् । नत्र तिनको के हालत हुन्थ्यो तर कतिपय यति अह्ररा र अडबाङ्गे हुन्छन् मसानघाटमा मात्र दोब्रिन्छन् । छ सुते रडलाई बङ्ग्याउन सकिन्न, त्यसलाई आगाको भुङ्ग्रोमा हालेर, गालेर र पगालेर हम्मरले ठोक्नुपर्छं । यो अपवाद हो तर प्रायः नरपशुको बुद्धिविवेक अवश्य पलाउँछ । मर्ने बेलामा भए पनि उसले आफ्ना गल्तीहरु महसुस गर्छ । ग्यालिलियोका विरोधी थिए । बूनोलाई जिउँदै जलाउँदा खुसी मान्ने पनि थिए । तर पछि तिनै समय क्रममा पछुताए, दुःखी पनि भए । कुनै पनि मानिसले आफूलाई सधैँ ढाँट्नै सक्तैन । अनेक प्राविधिक कारणले झुट बोल्छ र बोलिरहन्छ तर बुद्धि र विवेकले उसलाई सत्य स्वीकार्न बाध्य गराएको पनि पाइन्छ । र फुत्तफुत्त अलिअलि भए पनि सत्य स्वीकारेको देखिन्छ ।

तर यस्ता सकारहरु मसिनो र परोक्ष रुपमा आएका हुन्छन् । त्यसलाई पहिचान गर्नु पर्छ र कतिपय लेखक र वक्ताका एमाले विरोधीका उग्र र अराजक लवज र लिवाज भित्र पसेर नियाल्नु पनि पर्छ । जब आलोचना नगरी पाँडे गालीमा एमाले विरुद्ध कोही उत्रन्छ भने उसले परोक्ष रुपमा एमाले सही छ भन्ने मनमा लिएको हुन्छ । किनकि जुन एमाले विरोधी नखरा गर्छ नि त्यसमा चरम व्यक्तिगत स्वार्थ लुकेको हुन्छ । यस्ता लेखक र विश्लेषकहरु मध्ये अहिले पनि उग्रपथ मार्गीमा सुधीर शर्मा, किशोर नेपाल, प्रा. लोकराज.बराल,प्रा कृष्ण खनाल र प्रा.डा. युवराज संग्रौला अग्र पङितमा रहेका छन् । एकजना लेखकका अनुसार विरोधी र अझ अस्वस्थ्य र अराजक विरोधीहरु जहिले पनि हुन्छन् र त्यसैका आधारमा तिनलाई पहिले नै कठोर दण्ड विधान अपनाउनु हुन्न । सकेसम्म प्रतिवाद नै गर्नुपर्छ । माओले भनेझैँ झारपात पलाइरहन्छ र उखेलिरहनु पनि पर्छ । उहाँले भनेझैँ आवश्यकता अनुसार विरोधीको मुखै टाल्ने गरी आलोचना गर्नुपर्छ र यसमा अथक रुपमा लागिरहनुपर्छ ।

२.एमालेदेखि पहिले नै तर्सिएका प्रा.कृष्ण खनाल
प्रा.कृष्ण खनालले एमाले ओली र कम्युनिस्ट राजनीतिलाई कहिल्यै पनि सकारात्मक दृष्टिकोणका साथ हेरेको पाइन्न तर २०७४को निर्वाचन पश्चात् नै एमालेले देशमा केही न केही गर्छ र यसको परिणाम सत्ता राजनीतिमा नेका धेरै पछि पर्छ भनेर लेखै लेखे । नभनुँ भन्दा भन्दै पनि खनाल भित्रको विवेकले बोल्न बाध्य गरायो र भयो । कहिले काहिँ जतिसुकै ढाँट कुरा गरौँ भने आत्माले सत्य बोल्न बाध्य गरायो र चुनावपछिको कांग्रेस शीर्षक लेखमा यस्तो लेखे, जस्तै …बाम गठबन्धनको निरन्तरता रह्यो भने र वाचा गरेका मध्ये थोरै मात्र पनि देखिने गरी काम भए भने अरु दुईचारवटा चुनावमा काङ्ग्रेसले हार मात्र हात लाग्ने अवस्था नहोला भन्न सकिन्न । … (प्रा.कृष्ण खनाल, चुनावपछिको काङ्ग्रेस,२०७४ पुस २३ गते,कान्तिपुर)
खनालले उक्त कुराहरु एमालेको विगत नमुना नौमहिने सरकारका कामबाट समेत प्रभावित भएर भनेका हुन् ।

३. प्रा.लोकराज बराल नै गठबन्धनदेखि दिक्क
ओली नेतृत्वको सरकारका विरुद्ध अहोरात्र बहुआमिक रुपबाट लागेका खनाल गठबन्धन सरकारका तमाम विकृत पक्षहरुबाट आजित भएर पछुताएको उनका लेखबाट देखिन्छ । आफू समेत लागेर ओली सरकार हटाएर आएको गठबन्धन सरकार पहिलेको सरकारभन्दा चरम नाकाम र निकम्वा भएपछि बरालले लेख नै लेखे । लेखकमा हरेक चिया पसलहरुमा बौद्धिकहरु बीच गठबन्धन सरकारका चरम विकृतिहरु चर्चाको विषय रहेको उल्लेख छ । यही विषयमा आधारित भएर के लोकतन्त्र टिक्ला ? भनेर बरालले एक लेखमा यसरी लेखे । जस्तै…गठबन्धनको कुरा र काम सुन्दा दिक्क मानेको उच्च स्तरको बौद्धिक चिया गफमा भयो ,अस्वस्थ्य राजनीति, अति थोरै जनतामुखी कार्यक्रमतिर सरकार र प्रतिपक्ष लगायत अन्य दलले समय खर्च गर्दा लोकतन्त्र नै धराशायी पार्ने काम त भइरहेको छैन भन्ने सोच बढ्नु स्वाभाविकै हुन्छ … । प्रा.लोकराज बराल,के लोकतन्त्र टिक्ला ?, ०७९ असौज २६ गते कान्तिपुर ।

लेखमा बरालले गठबन्धनका कारण पार्टीमा सैद्धान्तिक विचलन,फोहोरी राजनीति अराजकतावादतिर जाने अवस्था रहेको बताएका छन् र एमाले वा कम्युनिस्ट विरोधी उग्र र अतिरन्जित अभिव्यक्ति मार्फत् लेखको बिट मारेका छन् । परोक्ष रुपमा भने बरालले तुलनात्मक रुपमा ओली सरकार सकारात्मक रहेको ठहर गरेको पाइन्छ ।

४.भोलिको एमालेदेखि अहिले नै तर्सिएको अवस्था
एमालेको भावी सम्भावित सबल भूमिकादेखि विपक्षीहरु थर्कमान देखिन्छन् । प्रा.कृष्ण खनालले अन्तध्र्वंशको खतरामा संवैधानिक प्रणाली नामको एक लेख नै लेखेका छन् । उनले महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको विवादित नागरिकता विधेयक विषयका कारण उहाँको बढ्दो लोकप्रियताबाट तर्सिएर एक लेख नै लेखे । यस लेखमा लेखमा मूलतः पदनिवृत्त राष्ट्रपतिलाई र त्यसमा पनि भण्डारीलाई नै लक्षित गरेर उच्च पदस्थ निवृत्तलाई सक्रिय राजनीतिमा आउन वैधानिक रुपमा रोक्नु पर्छ भनेका छन् । अर्थात् भोलिका दिनमा एमालेमा अध्यक्षको सर्वसम्मत,उच्च तथा शिखर व्यक्तित्वमा भण्डारी आउन सक्ने सम्भावना देखेर एमाले विपक्षी र विरोधी कित्ता अहिले नै थर्कमान देखिन्छ । हुन पनि विरोधीहरुले पनि भोलिका दिनमा एमालेमा प्रथम नेतृत्व दावा गर्ने विषयले समस्या निम्तिन सक्ने देखेका छन् र यस्तो विवाद सहज रुपमा समाधान नहोस् भन्ने उत्कट चाहना तिनको देखिन्छ । र यस विषयलाई खनालले यसरी उल्लेख गरेका छन् । जस्तै …पदनिवृत्त राष्ट्रपति सहित उच्च पदस्थहरुलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ । …प्रा.कृष्ण खनाल,अन्तध्र्वंशको खतरामा संवैधानिक प्रणाली,२०७९,असौज १०,कान्तिपुर ।

५.ओलीे राष्ट्रवादको तारिफ
भरतले गरेको नाकबन्दी विरुद्ध ओलीले लिएको चट्टानी अडान र चीनतिर गरेको पारवहन तथा वाणिज्य सन्धी विषयलाई धेरै बुद्धिजीवी, स्रष्टा र लेखकले भारी प्रशंसा गरेका थिए । डा. ऋषिराज बरालले २०७३ बुधबार २५,कृष्ण पहाडीले, अनलाइन खबर पत्रिका ०७३ माघ १९ नाकाबन्दी विरोधी अडानको प्रशंसा, गरेका थिए । वरिष्ठ लेखक तथा सम्पादक सुधीर शर्माले भारत भ्रमण पश्चात् दिल्लीको असहयोग जारी रहेपछि बाध्य भएर ओली उत्तरतर्फ लम्किएका हुन्, त्यहाँ उनले रेल मार्ग लगायत अनेक सहमति गरे,०७३ ।४। २१ कान्तिपुर, केशवप्रसाद भट्टराईले,ओलीले नाकबाबन्दी र त्यस बेला राष्ट्रिय चेतना जगाएको बताए , साध्य बहादुृर भण्डारीले ओलीले नेपाल र नेपालीको सिर ठाडो पार्ने काम गरे भने एभीन्युज ०७३।०५।२९ । , मनमोहन भट्टराईले ,चक्रपथ१२ जुलाइ २००१७ मा भारतीय नाकाबन्दीलाई परास्त गरी चिनियाँ बाटो खोलेर नेपालीलाई नयाँ भविष्य देखाउने काम एमालेको सरकार र ओलीले गर्नु भयो भने ।

श्रीकृष्ण अनिरुद्ध गौतमले,२०७४ असार ३० गते कान्तिपुरमा ,राष्ट्रिय राजनीति र समाजमा विभिन्न तप्कामा एमाले र त्यसमा पनि ओलीलाई राष्ट्रिय राजनीतिको केन्द्रीय पात्रका रुपमा हेर्न थालिएको बताउँदै यो धेरैलाई मन नपर्न सक्छ तर यथार्थ यही हो भने । पुरुषोत्तम दाहालले नागरिक दैनिक ०७४ असार २१,ओलीको नेतृत्व कुशलतामा नेपाली कांग्रेस र माओवादी नेतृत्व बाउन्ने ावित भए भने । ध्रुव कुमार,ले०७४साउन २२ गते,कान्तिपुर पत्रिका अन्तर्वार्ताका क्रममा ,ओली नेतृत्वको सरकारले कम्तीमा चीनसँग पारवहन सम्झौता त गरेको छ भनेका थिए तर प्रा.डा.जस्तो उच्च शैक्षणिक हैसियत बनाएका युवराज संग्रैला थरिहरु यस बेला पनि मुख नै सिएर बसेका थिए ।

६. सोचेभन्दा धेरै राम्रा कामबाट आत्तिए
ओली सरकारले विपक्षीले सोचे भन्दा धेरै बहुआयामिक काम देखेर तर्सिए । त्यस कारण खूबै आत्तिए । यस कारण भित्री र बाहिरी शक्तिहरु एक भएर एमाले र ओली विरुद्ध जाइलागे । हुँदहुँदा ब्राजिलमा देश र जनताका हितमा अभूतपूर्व काम गरेका लुलालाई झैँ प्रचण्डलाई अघि सारेर ओलीको राजनीतिक जीवन नै समाप्त पार्ने नियतले काम गर्न खोजे । लुलालाई जसरी पाँचसय दिन थुनामा राखेर अनि उनले राजनीति नै गर्न नपाउने सम्मका प्रतिवन्ध लगाए तर न्यायालयले कुनै पनि अभियोग प्रमाणित हुन नसकेपछि सफाइ दियो र अहिले पुनः तेस्रो पटक लुला राष्ट्रपतिमा निर्वाचित भएका छन् । तैपनि विपक्षले हार स्वीकार नगरी देशमा वितण्डा मच्चाइरहेको देखिन्छ ।

७.कालाकोटे कृतघ्नता
केही कालाकोटेहरु कृत कृतघ्न देखिन्छन् । हुन यिनका लगौटी र पेटिकोटका कन्दनीहरु सबै प्रन्या चोलेन्द्र शहशेरले खुस्काइ दिए । त्यसैले तिनलाई घरबाट निक्सन नै गाह्रो भएको होला । किनभने लौरो समेत टेकेर परामादेश जारी गर्न गराउन तिनीहरु लागि परेका थिए । यिनले देशलाई यस्तो हालतमा पु¥याए । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई ललितानिवास जग्गा प्रकरणमा जेल जानबाट रोक्न तिनले पूरै बहु पैरवी गरे । तिनले यो नजानी नजानी गरेको भन्नै मिल्दैन । लाए अह्राएको काम गर्नु थियो गरे । तर थ्यति हुँदा हुँदै पनि निर्लज्ज तरिकाले फाइँफुइाका साथ अन्तर्वार्ता दिएको देख्दा सुन्नेलाई नै सरम भयो । वरिष्ठ वकिल तथा विश्लेषक भएका भनिएका प्रा.डा. युवराज संग्रौला केही दिन अघि एक टेलिभिजनमा गजक्क परेर ठाँटसित अन्तर्वार्ता दिँदै थिए । उनी पहिले झैँ आफू बाहेक सबै खराव भन्दै थिए । विशेषतः सबै पार्टी र नेतृत्वलाई गाली गर्दै थिए । अनि उनी नेताले गाली गरेको पनि भन्दै थिए । देश र जनघात गर्नेलाई आलोचना नगरेर पूजा र आरती उतार्नु पर्ने थियो होला उनका विचारमा । संसदीय मूल्य मान्यताका देशमा कहीँ नभएको जात्रा गरेर गराएर देशलाई भड्खालोतिर जाक्न उद्यत भएर पनि उनी किन्चित सरम मानिरहेका थिएनन् । गोर्खा जिल्लाको उत्तर तिरका गाउँहरु १३ शताब्दीमा बाँचिरहेको देखेर रुन खोज्दै थिए र उनी त्यहाँ सबै खालको विकटता,अभाव र अन्याय हटाउन छुट्टै मन्त्रलाय गठन गर्नु पर्ने जस्तो अत्यन्त सतही धरणा व्यक्त गर्दै थिए । विचरा उनले त्यस्तै दुरदराजका गाउँको विकास र उत्थानमा अहोरात्र लागि परेको ओली सरकार देखेनन् देखिसहेनन् । १३५ जति तुइन विस्थापित भएको हेर्ने तिनको आँखो थिएन रहेछ । घरबार विहीन जनताका जम्मा गरी ८ लाख घर बनाएर जनतालाई हस्तान्तरण गरेको पनि उनका कानले पनि सुनेनछ । ओली सरकारलाई पाँच वर्ष काम गर्न दिएको भए अरु विकासका स्पष्ट स्वरुप देखिन्थे । कसका आदेश र निर्देश पालना गर्न तीनबित्ता उचालिएर ताजा जनादेश लिन लाग्दा त्यसका विरुद्धमा बहसपैरवीमा निर्लज्ज रुपमा ओलिए ।

८.उपसंहार : निर्वाचन घोषणा पत्र
लेखक ध्रुव सिम्खडा,एमालेले पहिलो पटक सरकार बनाएका बेला सामाजिक सुरक्षाका मामिलामा थोरै भए पनि देखिने काम गरेर लोकप्रिय मत आफूतिर आकर्षित गर्न सफल भयो भन्न बाध्य भए । एमाले पार्टीले आगामी मंसीर ४ लक्षित घोषणा पत्र प्रकाशमा ल्यायो । यो घोषणा पत्र तुलनात्मक रुपमा अत्यन्त प्रभावकारी रहेको धेरैले गरेका छन् । यस लेखकलाई पनि अब्बल दर्जाकै लाग्यो । पार्टीले यसलाई ग्यारेन्टी पत्र भनेको छ । यसका खासै कुनै खोट नदेखे पछि घोषणा पत्र विमोचनको कलात्मक पक्षबाट त्रसित भएर नानाओली टिप्पणी सुरु भएको देखिन्छ । एमालेका विगत परिणाम मुखी काम हेर्दा र गर्न सकिने खालका घोषणाहरु जारी भएकाले कार्यान्वयन हुनसक्ने खालका बाचाहरु गरिएको देखिन्छ । गठबन्धन सरकार र पार्टीले आम जनताका बीच भ्रम,जाल,झेल बाहेक घोषणा पत्रमा केही दिएको भनेको छैन । साँच्चै लागि पर्ने हो भने एमालेको दुई तिहाइ नजिक जित हासिल हुनु पर्ने हो । तर जतिसुकै मुख बारे पनि विभिन्न कारणले रोग छिरिहाल्दो रहेछ क्यार । अस्ट्रेलियामा रहेको यस लेखकलाई आफ्नै नगरबाट गुनासाहरु आइरहेका छन् । गुनासा र गनगन गर्नु भन्दा बेलैमा उपचार विधि खोज्नु पर्छ । बत्तीस लक्षणको त कहाँ भइन्छ र ३० लक्षणको बन्न भने सकिन्छ ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)