२७ भदौ २०८३, शनिबार 1789253835
Banner

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्।

कांग्रेसकै सांसद खड्कालाई चुनावी प्रचारमा नहिँडेको, गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कांग्रेसबाटै मुख्यमन्त्री भएका पोखरेलले खड्कालाई बर्खास्त गरेको स्रोतको भनाइ छ।

खड्का गत २०७८ साउन ८ गते मन्त्री भएका थिए।