२ मंसिर २०८१, आइतबार 1731838723
Banner

दोलखामा माओवादी केन्द्रका कार्की एमालेका शिवाकोटी भन्दा ११ मतले अघि

काठमाडौं । दोलखामा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् । अहिले जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।

हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ को मतगणना भइरहेको छ ।