४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:37 am
कृषि

खाद्यले धान खरिदका लागि लगायो काँटा

सूचना प्रेस २०७९ मंसिर २३ शुक्रबार ००:००, २०:२३ बजे १ मिनेट पढाइ

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो ।

बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताउनुभयो । कम्पनीले यस वर्ष सरकारले मोटो धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मसिनो धान रु तीन हजार एक सय २८ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।