२ मंसिर २०८१, आइतबार 1731871383
Banner

दमाईं जातिको ऐतिहासिक पक्ष

कुनै पनि जातजातिको इतिहासको विषयमा कुरा उठाउँदा सर्वप्रथम हामीले सम्पूर्ण जीवजन्तुको आश्रय स्थल यस पृथ्वीको उत्पत्तिदेखि यता प्राप्त भएका तथ्यहरुबाट आरम्भ गर्नु उचित होला । विभिन्न पौराणिक ग्रन्थहरुमा पृथ्वीको उत्पत्तिको बारेमा फरक फरक ढङ्गले कुरा आए पनि बैज्ञानिकहरुले आधुनिक विधि र प्रविधिबाट खोज अनुसन्धान गरी आजसम्ममा निकालेको निष्कर्ष अनुसार आज भन्दा ४,००,५०,००,००० (चार अरब, पचास लाख वर्ष) पहिले शक्ति पूञ्ज सूर्यबाट चोइटिएर बाहिर आएको एउटा गोलार्ध क्रमशः सेलाउँदै गयो र यस पृथ्वीको पाप्रो (यसको बाहिरी भाग) कडा चट्टानहरुमा परिणत हुँदै गयो । यसको केन्द्रभागमा अझै पनि तातो लाभा ग्याँस बलिरहेको देख्न पाइन्छ । यसको सबैभन्दा बाहिरी सतहमा रहेको कडा चट्टानहरुको सतहमा खुकुलो ढुङ्गा माटो छ जहाँ समुद्ध, नदीनाला, अनेक प्रकारका जीवजन्तु एवम् वनस्पतिहरुले, वास लिएका छन् ।

भनिन्छ आजभन्दा साढे तीन अरब वर्ष पहिलेदेखि नै यहाँ जीवनका लक्षणहरु देखापर्न थालेका थिए । आजभन्दा ५७ करोड वर्ष पहिले क्रमशः जलचर, उभयचर, र थलचरहरुको विकास हुन थालेको थियो र ४२ लाख वर्ष पूर्व अर्धमानवको विकास भएको कुरा प्राणी विकासक्रमका अध्येताहरु बताउँछन् । विश्व ब्रÞमाण्डको संरचनाबारे हिजोआज नयाँ नयाँ तथ्य र सिद्धान्तहरु आइरहेकाछन् ।

यसरी लामो समय लगाएर आफनो शारीरिक र मानसिक विकास गर्दै आएका मानवले आजभन्दा २० लाख वर्ष पहिले मात्र दुई खुट्टामा उभिने र दुवै हातले काम गर्ने अभ्यास थालेका थिए निन्छ । यसै समयमा चट्टानहरुलाई हतियारको रुपमा प्रयोग गर्न आरम्भ गरे । यसरी पूर्वीय विद्वानहरुले मानव विकासको आजसम्मको समयलाई चार युगमा विभाजन गरेका छन् ।

ढुङ्गाको औजार प्रयोग गर्ने अभ्यासलाई पाषाण युग अथवा सत्य युग अथवा ज्ञानको प्रादुर्भाव भएको युग अथवा “स्वत्व” (आफै प्राप्त ज्ञानको युग) । १७,२८,००० वर्षदेखि १२,६४,००० अर्थात ४,३२,००० वर्षपछि ढुङ्गाहरुकै घर्षणबाट निस्केको आगो र त्यसको प्रयोगको अभ्यासको समय १२,९६,००० देखि ८,६४,००० भित्रको समयलाई त्रेता युग अथवा आगोको युग भनिएको छ । त्यसपछि ८,६४,००० देखि ५,००० वर्ष पूर्वलाई द्वापर युग र त्यसपछिलाई कलियुग भनिएको छ ।

यसरी हाम्रा पूर्खाहरु आजभन्दा ४२ लाख वर्ष पूर्वदेखि नै अन्य जन्तुभन्दा भिन्न यस रुपमा आइपुग्न निरन्तर प्रकृतिसँग कठोरतम् सङ्घर्ष गरिरहेकाछन् भन्ने कुरा थाहा पाउन आजभन्दा डेड सय वर्ष अघिदेखि नै मानव शास्त्री तथा पुरातत्व विज्ञहरुले संसारका बिभिन्न देशहरु दक्षिण अफ्रिका, फ्रान्स, जर्मनी, चीन, इन्डोनेशिया, नेपाल (नवलपरासीको बुटवल) का पहाड, पर्वत, जङ्गल, ओडार, उपत्यका, डाँडा थुम्काहरु, नदीका किनार र गल्छिहरु खन्दै, खोस्रदै त्यहाँ प्राप्त भएका जीवजन्तुका कङ्काल तथा अवशेषहरुको अध्ययन गर्दै ती कुन कुन प्राणीका हुन् र तिनको आयु कति हो भन्ने समेत किटान गर्न सक्ने साधन र प्रविधिको प्रयोग गरी उपर्युक्त निष्कर्ष निकाल्न सफल भएका हुन् । आज त्यही अफ्रिका महादेशमा देखिएका मूल मानव जाति निग्रो अथवा हब्सीहरु नै पृथ्वीको उत्तरी गोलार्ध युरोप, अमेरिका, पश्चिमी एवम् दक्षिण एशियाका मूलजाति आर्य या नर्डिक अनि चीन, जापान र इन्डोचीनका मूलजाति मङ्गोल, अष्ट्रेलिया र न्यूजिल्याण्डका अस्ट्रिक, दक्षिण भारत र श्रीलंकाका द्रावीडहरु र दक्षिण एसियामा बस्ने सबै जातिहरु जो आज विभिन्न कूल, जाति, धर्म, सम्प्रदाय, वर्ण र आकृतिमा देखिन्छन्, ती सबै त्यही अफ्रिकामा जन्मेका एउटै वंशवृक्षका शाखा प्रशाखा हुन् भन्ने ठहर लागेको छ । यसरी मानव जातिको विकासको यो लामो इतिहासलाई बैज्ञानिक पद्धतिद्वारा अध्ययन पश्चात हामीले के बुझ्न सक्यौँ भने संसारभरिका विभिन्न थरिका रुप, रङका मानिसहरुका पूर्खा भने एउटै रहेछन् । ती एउटै पूर्खाका सन्तानहरुको संख्या बढ्दै गएपछि आहारा र सहाराको निम्ति पृथ्वीको विभिन्न क्षेत्रमा छरिदै गए । नयाँ नयाँ ठाउँमा घुम्न र बस्न थाले । त्यस नयाँ ठाउँको घाम, हावा, पानी, वर्षा, माटो र आहाराले तिनीहरुको शारीरिक बनोट, रुप, रङ, र मानसिक चेतनामा समेत प्रभाव पर्न थाल्यो । गर्मी ठाउँमा बस्ने काला, धेरै चिसो ठाउँमा बस्ने गोरा तथा मध्यम भागमा बस्नेहरु गहुँ गोरो रङका देखिन थाले । कुनै ठाउँमा अक्सिजनको उपलब्धताको आधारमा मानिसहरुको नाक चुच्चे, ठूलो प्वाल भएको, कसैको थेप्चे, कसैको फोन्द्रे देखियो । धेरै गर्मी हुने ठाउँमा मानिसको कपाल कालो घुम्रे त कसैको सेतो कैलो, कसैको सिल्की देखियो ।

आरम्भिक कालमा मानिसहरुले शिकारी र घुमन्ते जीवन बाँचेका थिए । तर जब बिस्तारै शिकार र अन्न फलफूलको अभाव हुन थाल्यो, आजभन्दा दसहजार वर्ष पूर्व मानिसहरु आहाराको निम्ति खेती र पशुपालनमा लागेको कुरा मानव विकास शास्त्रीहरु बताउँछन् । मानिसहरुको चेतनाको विकाससँगै भोजन र यौन तृप्तिको निम्ति उनीहरुमा सङ्घर्ष पनि सुरु भयो । यसरी कृषि युगदेखि नै मानिसले आहारा र सहाराको निम्ति परिवार र समूहमा बस्न सिक्यो । समूह सञ्चालनको निम्ति एकजना समूह प्रमुखको आवश्यकता महसुस भयो र समूहको एक व्यक्तिलाई मुखिया अथवा नेता बनाउने अथवा मान्ने चलन सुरु भयो । कालान्तरमा मानिसको चेतनाको विकास सँगसँगै राज्य र शासन प्रणालीको सुरुवात भयो । यसरी समूह नेतालाई समूह वा राज्यलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न र आफनो राज्यलाई सुदृढ बनाउन अन्य राज्यसँग प्रतिस्पर्धा गर्न, समन्वय गर्न, सन्धी गर्न, वार्ता गर्न, कुटनीतिक सम्बन्ध कायम गर्न, राज्यका कर्मचारीलाई आफूप्रति वफादार बनाउन तथा आफनो कामप्रति इमान्दार बनाउन, राज्यको नीति निर्माण गर्न तथा राज्यमा सुशासन कायम गर्न राजालाई उचित सल्लाह दिनको निम्ति तत् तत् विषयमा दक्षता भएका व्यक्तिहरुलाई सल्लाहकारको रुपमा नियुक्ति गर्ने अभ्यास सुरु भयो । पछि गएर त्यसरी नियुक्ति पाएका व्यक्तिहरुका परिवारका व्यक्तिहरुलाई नै विरासतको रुपमा त्यो कामको जिम्मा दिन थालियो ।

यसरी निर्माण भएको समूह कुनै ठाउँमा स्थायीरुपमा बसोबास गर्न थाले भने त्यो समूह फुटेर अर्को समूह निर्माण भई पहिलेकोभन्दा असल घाँसीलो चरण, सिकारको निम्ति पर्याप्त जीवजन्तु, चराचुरुङ्गी, फलफूल, जलाशय, जलचर र अन्न हुने ठाउँको खोजी गर्दै हिँड्दा ठाउँठाउँमा पहिलेदेखि बसोबास गर्दै आएका समूहसँग युद्ध गर्र्दै तिनीहरुमाथि विजय प्राप्त गरेर त्यही बस्ने वा फेरि अन्यत्र हिँड्ने गर्दथे । यसै क्रममा केही ठूला समूह पश्चिमतिरबाट आएर आजभन्दा झण्डै चार हजार वर्ष पहिले सिन्धु नदीको उपत्यकामा प्रवेश गरे । त्यहाँ बसोबास गरिरहेका समूहसँग युद्ध गरेर विजेता भएर वा सम्झौता गरेर त्यही बसोबास गर्न थाले । त्यहाँका पहिलेका बासीहरुको कुनै समूह दक्षिणतिर लागे । सिन्धु र गंगाको बीचको क्षेत्र अति उर्वर क्षेत्र भएको हुँदा यहीँ स्थायीरुपमा बस्न थालेपछि क्रमशः उनीहरुको जीवनशैलीमा ब्यापक परिवर्तन आयो । बिस्तारै उनीहरु आहारा र सहाराको क्षेत्रमा आत्मनिर्भर हुँदै गएपछि आफनो बौद्धिक, तार्किक तथा शैक्षिक विकासको क्षेत्रमा पनि काम गर्न थाले । स्थायी समाजलाई व्यवस्थित बनाउन र नियन्त्रणमा राख्न वेद, उपनिषद, पुराणहरुको रचना गरी परिवर्तित जीवनशैली अपनाउन थाले । यसरी बौद्धिक र सामाजिक विकास सँगसँगै युद्धमा पराजित र विजेताहरुका बीचमा सामाजिक बिभेद सुरु भयो । वस्तु उत्पादनको विविधताको कारणले श्रमको प्रकृतिमा पनि विविधता र विशिष्टिकरणको आवश्यकतालाई अघि सा¥यो । यसैलाई पुष्टि गर्न श्रम र सामाजिक दायित्वलाई चार क्षेत्रमा विभाजन गरियो । शिक्षा, ज्ञान र यज्ञको क्षेत्रको जिम्मा लिनेलाई ब्राÞमण, शान्ति सुरक्षा र शासन प्रणाली सम्हाल्नेलाई क्षेत्री, उद्यम र व्यापारको क्षेत्र जिम्मा लिनेलाई वैश्य र निर्माण, स्वास्थ्य तथा साँस्कृतिक र सेवामूलक कार्यको जिम्मा लिनेलाई शुद्र वर्ण भनियो । त्यो राज्य सञ्चालनको निम्ति कार्य विभाजन थियो । कालान्तरमा शिक्षा र यज्ञको क्षेत्र जिम्मा लिने ब्राÞमण, जसले थोरै श्रम र समय खर्च गर्नु पथ्र्यो तिनलाई प्रथम र त्यसभन्दा अलि बढी श्रम, समय र जोखिम व्यहोर्नु पर्ने क्षेत्रीलाई दोस्रो, त्यसभन्दा पनि बढी व्यस्त श्रम र समय खर्च गर्ने वैश्यलाई तेस्रो तथा सबैभन्दा बढी श्रम, समय र जोखिम व्यहोर्नु पर्ने शुद्रलाई चौथो दर्जामा राखियो ।

सेवा र प्राविधिक क्षेत्र धेरै फराकिलो थियो । धातु, काष्ठ, कपडा, ढुङ्गा माटो, कृषि, श्रृङ्गार, संगीत, नृत्यका क्षेत्रमा संलग्नहरुलाई पेसा र सामाजिक सहभागिताको आधारमा वंशानुगत प्रतिवन्ध लगाई पूर्ण जात वा कूल, वर्ण, जात वा कूल भन्न थालियो र उनीहरुमा एकता हुन नदिन पेसालाई नै जातिको नाम दिएर त्यस वर्गमा पनि विभेद सिर्जना गरियो । यसै आधारमा राजाहरुले राज्य सञ्चालन गर्न थाले ।

एउटै क्षेत्रमा कैयन राजाहरु भएपछि राजाहरुबीच आफनो प्रभुत्व बढाउन वा राज्य बिस्तार गर्ने क्रममा युद्ध हुन थाल्यो । युद्धमा विजेताले पराजित राजा र राज्यको सम्पत्ति कब्जा गर्ने, महिलाहरुलाई बलात्कार गर्ने, पुरुषहरुलाई बन्दी बनाई दास बनाउने र आफनो इच्छानुसारको काम गराउने वा बस्तु सरह दासहरुमा विक्री पनि गर्न सुरु भयो । यही क्रममा विजेता राजा, उनको परिवार वा कर्मचारीहरुको हैकम र अहङ्कार बढ्न थाल्यो, जुन स्वभाविक थियो । तसर्थ पराजित राजा र उनका कर्मचारी, सल्लाहकारहरुलाई विजेता राजाहरुले हतोत्साहित पार्न वा मान मर्दन गर्न र सेवाको काममा लगाउन थाले र अटेर गर्नेलाई मारिदिन्थे । पराजित राजाका सल्लाहकारहरुलाई ढोल, दमाहा, झ्याम्टा, मुजुरी, डम्बरु, हुड्की, मादल, तुरही, मुरली, डम्फू, खैंजडी, ढोलकी, भेरी बजाउने, पोशाक सिलाउने, देवी देवताका मन्दिर परिसरमा पूजाआजाको समयमा वाजा बजाई बढाई गर्ने कामको जिम्मेवारी दिइयो । त्यस कामको जिम्मेवारी पाउने वर्ग जातिको नाम दमाई राखियो ।

नेपालको सन्दर्भमा दमाई जातिको इतिहासलाई केलाउँदा सुदूर पश्चिम नेपालको सेती अञ्चल अछाम जिल्लाको जुपू गाउँ समिति वडा नं. ९ निवासी मानसिंह कलाउतेको साथमा रहेको लिच्छिवी कालको लिपिमा लेखिएको एउटा पाण्डुलिपिमा उल्लेख भए अनुसार “एकबारका ८८ हजार सर्व ऋषि जम्मा भै महापुराण सप्ताह लगायो । तसमाको सुरु भयापछि ऋषिहरुले भन्दाभया बाजा, गाजा नबज्या जग्गे शुद्ध हुन्या छैन, शिवशंकरजीले फेरि चाहिन्याजति बाजा नरसिङ्गो, तम्बल, घाट, शंख, भेरी तयार पा¥या, जसले ज्याज्या बाजो बजाई जान्याहुन, शंख घाट बाउन्या, वाभन भया हारमणि बजाउन्या क्षेत्री भया, ताल तुरही बजाउन्या पनि क्षेत्री नै भया, तम्बलको बाजा, ढोलको ताल खुट हाल्या दमाई तुम्ल्या, ढोल्या, डुडभ्या, दास, भरिया भया । सबै बजाउन्या शास्तर पन्र्या ऋषि एकै पंक्तिका थिया । सबै ऋषि औतारि थिया । ८८ हजार ऋषिमध्ये सुजान्या ऋषि सबैमा वेशी शास्तर जान्या थिया, तनको क्षियो अनेत्र ऋषिले गथ्र्या, तनका पुत्र निच्य ऋषि भया, तन निच्य ऋषि बाजुराकोट बसी खुट्हाल्या, ताहाँ सै सात सय दरा जुपु आया, तनले ढोलका तामा बडो जगे गर्दा ढोली बोलाया, नगरा लगाउन्या नगर्कोटीज्यू बोलाया, तनै सुनामजी आउजी भया चतुरऋषि ढोली भया, तनका पुत्र कुया गद्या, वादु¥या ३ पुत्र भया, कुया ऋषिका केश भया केशका लाटा सुन्द¥या, सुन्द¥याका नरभन्याका परिमल्याका अविरामका भया, परिमाल्याका मुन्याका साइमल्याका नरपति गोपाल्या भया । नरपतिका जेठा जमान्या कान्सा पहल्या ढोली गोपाल्याका धान्याका भया, नरिमान्यका संग्रेका रग्गेका घिप्पा ढोली भया, अविराम्याको अतृत्याका मड्याका पहल्याका नायकका धन्याका सप्राको उदेईका धौल्याका पुख्र्याका गल्यका दर्नाली ढोली भया”
नेपाली शब्द कोषमा दमाई शब्दको अर्थ प्रायः लुगा सिउने, नौमती बाजा बजाउने पेसा भएको एक जाति भन्ने पाइन्छ ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा संलग्न विभिन्न जाति र थरका चौवन्न अभियन्ताहरुमध्ये शाहलाई विशेष सल्लाह दिने व्यक्तिको रुपमा चर्चामा आएका व्यक्ति थिए विश्वभर नौवाग (विसे नगर्चि) दमाई जातिका थिए । एकीकरण अभियानलाई सफल बनाउन उनले शाहलाई दिएको आर्थिक र कुटनीतिक रणनीतिक सुझावको चर्चा अध्यापि चलिनै रहेको छ । हिन्दु वर्णाश्रम अनुसार “नेपालका दमाईहरु ब्राÞमण, क्षेत्री, ठकुरी, वैश्णु र नेवारका सन्तान हुन भनिन्छ । निक्र्यौल गरे थर र गोत्र पनि ठयाक्कै एउटै छन् र पुस्तावली खोजेमा त्यो पनि मिल्छ । रक्त परिक्षण ९त्यतझ त्बदयय र म्ल्ब्० परिक्षण गरे पनि एउटै हुन्छ ।

भाषाशास्त्री बालकृष्ण पोखरेलद्वारा लिखित खसजातिको इतिहास–२०५५ मा उल्लेख भए अनुसार दमाई अतीतका पराजित राजवंशका सन्तान हुन् भन्ने अनुमान गरेका छन् भने त्यसै पुस्तक हो “अभिलिखित मान मर्यादा तथा अस्मिताहरु भन्ने उपशीर्षकको ११औं दफामा जात र जातिहरु उपशीर्षकमा दमाही = दमाई कल्यालका वलिराजका सन्तान भएका कुरा उल्लेख छ ।”
त्यसैगरी यिनका गोत्र र थरहरु पनि निम्न अनुसार छन् । अत्रि, कौशिक, पराशर, कृष्णात्रि वत्स, काश्यप, भारद्वाज, गर्ग, अगस्ति, गौतम, बशिष्ठ, घृतकौशिक, कौशिल गोत्र ब्रह्म शाखा अगस्त्य, कौडिन्य त्यसैगरी अहिलेसम्म जानकारीमा आए अनुसारका थरहरु निम्न अनुसार छन् ।

१. सुनाम (अत्रि गोत्र) २. सुन्दास (अत्रि गोत्र) ३. दर्नाल (गौतम)
४. रणपहेली ५. बाग्दास ६. परियार (कौशील)
७.कर्णबेरी (कौशिल) ८. मोते ९.ढ्याकी (अगस्ति)
१०. कार्कीढोली (पराशर) ११. गुँइदे (कौशिल) १२. भुषाल (धनन्जय)
१३. रत्ना १४. शिवा गोतामे (अत्रि) १५. पाण्डे
१६.बागचन्द १७. सुगुरे १८.मगर
१९. आठमैया २०. खड्क (कृष्णात्रि) २१. नेपाल
२२. पाँचकोटी २३. बर्देवा २४.अजिङ्गर
२५. छिनाल २६.जैरु (भारद्वाज) २७. ठटाल (गर्ग)
२८. डाविली २९. त्रिखत्री (अगस्ति) ३०. दराल
३१. पहेंली ३२. पोखरेली ३३. पौडेल
३४. गौतम (अत्रि) ३५. बर्देउपा ३६.बैजू
३७. राईगाँई ३८. लाब्रे ३९. लाहुरे
४०. सुनी ४१. सुनु ४२. सेइपा
४३. सेइबा ४४. सेउपा ४५. महरा
४६. हिङमाङ ४७. नगरकोटी ४८. कडाल
४९) रिमाल ५०) अछामे ५१) बजुरेल
५२) देउकोटी ५३) कुस्मा ५४) भित्रीकोटी
५५) माले ५६) कर्णाल (अत्रि) ५७) घले (भारद्वाज)
५८) छडिङ्गल (वत्स) ५९) दास (बशिष्ठ) ६०) नौवाग (घृतकौशिक¬)
६१) सुन ६२) कटुवाल ६३) बराल
६४) सापकोटा ६५) भण्डारी ६६) पञ्चकोटे
६७) सिलवाल ६८) बस्नेत ६९) रुफाली
७०) राना ७१) खत्री ७२) रिजाल
७३) खुलाल ७४) रानाखुलाल ७५) भरेल
७६) खाती ७७) दर्लामी ७८) खानी
७९) लवान ८०) नेगी⁄नेगियार ८१) गोल
८२) सिवाकोटी ८३) खपत्तरी ८४) त्रिपाठी
८५) घिमिरे ८६) बुढापिर्थी ८७) डुमेरो
८८) सहानी ८९) कुख्रेशिवा ९०) भेडेशिवा
९१) सेती सुरुवाल ९२) चाहार

यसरी समाज विकासको पृष्ठभूमिलाई हेर्दा कला, कौशल, सीप र दक्षता युक्त, प्रवुद्ध दमाई जातिलाई विजेता वर्गको निरन्तर दमन र शोषणले शैक्षिक, आर्थिक, सामाजिक, मनोबैज्ञानिक किसिमले शक्तिहीन, सामथ्र्यहीन बनाउँदै लगेर अहिले उत्पीडित वर्गमा पारिएको छ । अहिले पनि उनीहरु आफनो सही थर, गोत्र समेत लेख्न, बताउन सक्तैनन् । समय चक्र आफनो गतिमा घुमिरहेको छ । हिन्दू वर्णाश्रमले भिराएको यो जातिय पट्टा र यसको नकारात्मक प्रभाव अझै पनि पूर्णरुपले मेटिन सकेको छैन । सरकारी कार्यालयहरुमा विवरण भर्दा, भराउँदा नाम, थर, बतन लेख्नु पर्नेमा आफनो थर थाहा नपाएर थरको ठाउँमा जाति, पुख्र्यौली पेसा लेखीलेखाई दिने चलन छ । कोही कसैले आफनो थर लेखे पनि अन्य जातिसँग मिल्ने भएको हुँदा थर पछि दमाई वा दर्जी भनेर पेसा लेखीदिने गरेको पाइन्छ । उदाहरणका लागि नेपाल सरकारको मन्त्रीको ओहदासम्म ओगट्न पुगेका जीतबहादुर गौतमको नागरिकतामा जीतबहादुर गौतम (दर्जी) लेखिएको छ । त्यसैगरी अर्का पूर्व मन्त्री ऋषिबाबु परियार लेख्नु हुन्छ तर वहाँको वास्तविक थर रणपहेली हो । गोत्र, थर भनेको मानिसको वंशानुगत पहिचान हो भने जात भनेको पेसागत परिचय हो । गोत्र र थर परिवर्तन हुँदैन तर पेसा परिवर्तन हुन्छ । मानिसले वातावरण, परिवेश, आफनो योग्यता क्षमता र रुचि अनुसार आफनो पेसा परिवर्तन गरिरहन्छ।

आज आफनोअनुकूलता अनुसार ब्राÞमणले लुगा सिउने, छालाको काम गर्ने, कसैले धातुको, कसैले काठको, कसैले होटेल, कसैले फेसनको काम गर्ने गरेको पाइन्छ तर वहाँहरुले आफनो थरका पछाडी पेसा उल्लेख गर्न पर्दैन । अहिले सबै कामको मूल्य र मर्यादा समान छ ।

तथाकथित दमाई जातिलाई नागरिकको अधिकार र अवसरहरुबाट पछि पारिए पनि उनीहरुले अवसर प्राप्त भएका बेला आफनो सामथ्र्य र विवेकले भ्याएसम्म राष्ट्र र समाजको निम्ति उदाहरणीय योगदान पु¥याएको कुरा इतिहासले पुष्टि गरेको छ । नेपालको एकीकरण अभियान चलेको बेला अर्थ अभावका कारण किंकर्तव्य विमूढ भएका बेला विश्वम्भर नौवाग (विसे नगर्चि) ले पृथ्वीनारायण शाहलाई सही सुझाव दिएर आर्थिक सङ्कट टारेर एकीकरण अभियानलाई सफल पार्न सहयोग पु¥याएका थिए ।
यस्तै अर्का व्यक्ति काले दमाईलाई पनि लिन सकिन्छ । उनी इ.स. १९२७ सालमा इलामको जीतपुर गाउँका गम्भीर नौवागका पुत्र रत्नका रुपमा जन्मिएका थिए । उनको नाम कालु नौबाग थियो र उनी काले दमाईका नामले चर्चित थिए । उनीले आÇनै पेसाले भए पनि राम्रो पैसा कमाएका रहेछन् र उनले ‘माई खोलामा पुल हाल्छु’ भन्दा त्यस बेला समाजका उपल्लाजातिका नकारात्मक सोच भएका अहङ्कारवादी व्यक्तिहरुले ठूलो विरोध गरेछन् । तथापि विरोधका वावजुध पनि ताप्लेजुङदेखि इलामको शनिश्चरे जाने बाटोमा थाक्ले भन्ने ठाउँमा १९८९ सालमा यात्रुहरुको निम्ति टीनको छाना भएको पक्की धर्मशाला निर्माण गरेका थिए । पछि समाजका सकारात्मक सोच भएका मानिसहरुबाट प्रेरणा पाएपछि १९९१ सालमा इलामकै पुवा खोलामा झोलुङ्गे पुल निर्माण गराएका थिए । आजको समयमा पनि त्यस पुलले जनतालाई सेवा पु¥याई रहेकै छ ।

त्यस्तै भोजपुरको खावा केराबारी भन्ने गाउँमा १९५९ सालमा जन्मेका टिकाराम सुनामले १९८९ सालमा आफू वाथ रोगले कुँजिएर बसेको बेला आफनो गाउँका सातजना वालकहरुलाई भेला गरी अक्षरारम्भ गराएका थिए । पछि तिनै विद्यार्थीहरुले २०२२ सालमा त्यस गाउँमा उनकै प्रेरणाबाट महाकाली प्रा.वि. सञ्चालन गरेका थिए भन्ने पाइन्छ । त्यस्तो काम गर्ने व्यक्तिहरु धेरै ओझलमा परेको हुन सक्छन् । तिनीहरुको बारेमा खोजी गर्न सके थुप्रै व्यक्तिहरु फेला पर्न सक्छन् । आशा गरौं युवाहरुले देशका कुना कुनाबाट त्यस्ता व्यक्तिहरुको खोजी गरी प्रकाशमा ल्याउने छन् र यस जातिको गौरबलाई बढाउने छन् ।