२३ भदौ २०८३, मंगलबार 1788917827
Banner

काभ्रेको ढुंगाखानीमा पहिरो : टिपरचालको मृत्यु

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका १४ स्थित आशापुरी खनिज उद्योगमा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा टिपरचालक रामेछाप दोरम्बा गाउँपालिकाका ३२ वर्षीय श्याम मगर रहेका छन्।

पहिरो जाँदा माथिबाट आएको ढुङ्गाले टिपरसहित च्यापिँदा मगरको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २ जना घाइते भएका छन्।

घाइते समीर तामाङ र अर्जुन सार्कीको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। पहिरोमा २ वटा स्काभेटरसहित साना ठूला गरी ४ वटा टिपर पुरिएको प्रहरीले जनाएको छ।