२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
Banner

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई

सूचना प्रेस २०७९ पुस १५ शुक्रबार ००:००, १६:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

नेपालस्थित् चिनियाँ दूतावासका कार्यवाहक राजदूतले भेटेर आज प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश प्रदान गरेका हुन् । शुभकामना सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले प्रचण्ड नेतृत्वको सरकारलाई चीनको पूर्ण साथ रहने कुरा उल्लेख गरिएको छ ।

लिले नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने पनि प्रतिबद्धना जनाएका छन् ।