३ मंसिर २०८१, सोमबार 1731983286
Banner

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सो रिटमाथि थप सुनुवाई लागि माघ ११ गतेको पेशी तोकिएको छ ।