३ मंसिर २०८१, सोमबार 1731986395
Banner

सरकारले आज आफनो न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने, यस्तो छ मस्यौदा (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको हो।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

सत्ता साझेदार दलका शीर्ष नेतालाई आज प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।