४ मंसिर २०८१, मंगलबार 1732003747
Banner

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ ।

आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार कार्यसूची तय भएको जबराले सदनलाई जानकारी गराउनुभएको छ ।

प्रचण्डलाई १ सय ६९ सांसदले विश्वासको मत दिने निश्चित छ । प्रचण्ड दुई तिहाइका लागि सवैसँग विश्वासको मत मागिरहनुभएको छ । विश्वासको मत दिन काँग्रेस सभापति देउवापनि सकारात्मक भएको बुझिएको छ । हिजो साँझ भएको प्रचण्ड र देउवाको छलफलमा देउवा प्रचण्डलाई विश्वासको मत दिन तयार रहेपनि आज बैठक बोलाएर यसवारे निर्णय गर्ने काँग्रेसले जनाएको छ । यसका लागि काँग्रेसले आज विहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ । हाल संसदमा २७५ सदस्य कायम छन ।