१६ असार २०८३, मंगलबार 1782844433
Banner

एमसीसी पारित गरेकोमा प्रचण्ड र नेपालले प्रधानमन्त्रीलाई दिए धन्यवाद

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न नेतृत्व गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको कामको प्रशंसा गदै धन्यवाद भनेका छन् । चारै जनाले प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने क्रममा परिपक्व भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।

प्रधानमन्त्रीले सुझबुझपूर्ण ढंगले काम गरेको भनेर समेत भन्नुभयो,’ स्रोतले भन्यो, जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो। अमेरिकी दातृ निकायमार्फत् अन्य बजेट पनि आउँछ भनेर भन्नुभएको छ। छलफलमा उहाँले भन्नुभयो ।